काठमाडौँ । पाल्पामा मगर समुदायको बाक्लो बसोवास रहेका गाउँपालिका तथा नगरपालिकामा फागुन १५ गते सार्वजनिक बिदा हुने भएको छ । पाल्पा जिल्ला मगर करिब ५२ प्रतिशत मगर जनजातिको बसोवास रहेको जिल्ला हो ।
मगरको संस्कृतिको संरक्षण सम्वद्र्धन गर्दै उनीहरुले मनाउने पर्वका रुपमा जिल्लाको रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका तथा तिनाउ गाउँपालिकाले सूचना प्रकाशित गरेर बिदा गर्ने जनाएका छन् । ३८ औँ मगर दिवसलाई सफल बनाउन निस्दी गाउँपालिका–४ मित्याल झ्याल्टुङमा विशेष कार्र्यक्रम गर्ने तथा विभिन्न वडामा रहेका मगर संस्कृतिमा आधारित झाँकी प्रदर्शन गर्ने गाउँपालिकाका प्रवक्ता मेखबहादुर सुनारीले जानकारी दिनुभयो ।
निस्दीमा ८७ प्रतिशत मगर समुदायको बसोवास छ । मगर दिवसका अवसरमा रामपुरमा पनि भव्य मगर समुदायले विगतमा जस्तै भव्य कार्यक्रम गर्ने जनाएको छ । मगरको भाषा, कला तथा संस्कृतिको संरक्षण सम्वद्र्धन गर्दै रामपुर मगर सङ्घ तथा एकीकृत मगर उत्थान समाजले कार्यक्रम गर्ने सङ्घका कार्यवाहक अध्यक्ष दुर्गादेवी रानाले जानकारी दिनुभयो ।
पछिल्लो विभिन्न कारणले लोपउन्मुख रुपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउर, कौडा लगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगरभाषा, तथा सांस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन पनि दिवसले ठूलो भूमिका खेल्ने एकीकृत मगर उत्थान समाज रामपुरका अध्यक्ष रामबहादुर थापा हिस्कीले बताउनुभयो ।
८४ प्रतिशत मगरको बस्ती रहेको पूर्वखोलामा पनि सार्वजनिक बिदा दिने सूचना प्रकाशित गरेको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिनुभयो । रामपुर नगरपालिकामा भने विभिन्न मगरसङ्घ संस्थाले सार्वजनिक बिदा दिन माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १३ फागुन २०७६, २१ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ २०८३ सालमा हुने सार्वजनिक बिदाको सूची
मतदाता सहभागिता अभिवृद्धिका लागि तीन दिन सार्वजनिक बिदा घोषणा गर्न सिफारिस
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
भोली देशभर सार्वजनिक बिदा
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
बागमतीमा आइतबार सार्वजनिक बिदा