संविधान संसोधनबारे के बोले इश्वर पोखरेल !

‘केका लागि संशोधन ! खराखरी बहस गर्नेबेला आएजस्तो छ

सफल खबर संवाददाता

मंगलबार, १३ फागुन २०७६, ०९ : २२
संविधान संसोधनबारे के बोले इश्वर पोखरेल !

काठमाडौं । संविधान संसोधनका लागि पार्टीले गोप्य राख्ने गरी गठन गरेको कार्यदल सार्वजनिक गरिदिएका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले यस विषयमा औपचारिक रुपमा मुख खोलेका छन् ।

आज बिहानै उनले सामाजिक सन्जालमा लेख्दै संविधान संसोधनका लागि थालेको गृहकार्यप्रति आपत्ति जनाएका छन् । यसलाई उनले नाजायज भएको टिप्पणी गर्दै यसलाई ढाँटछलको संज्ञा दिएका छन् ।

‘अभ्यास, अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुनसक्ने कुरा गर्दै आएकाहरूबाट यतिबेला एकाएक संविधान संशोधनको कुरा सुनिँदैछ, मानिसहरू यो सुनेर उदेक मान्दैछन् ।’ पोखरेलले लेखेका छन् ।

राजनीति गरिन्छ, तर जुवा खेलिन्न भन्दै उनले अहिले खराखरी संविधान संसोधनको बहस गर्ने बेला नभएको प्रतिक्रिया दिएका छन् । ‘केका लागि संशोधन ! खराखरी बहस गर्नेबेला आएजस्तो छ । कुरा लुकाएर, ढाँटछल गरेर कति दिन चल्छ, कसरी चल्छ ? राजनीति गरिन्छ, जुवा खेलिन्न !,’ पोखरेलले लेखेका छन् ।

नेकपाको शनिबारको सचिवालयले संविधान संसोधनको गृहकार्यका लागि कार्यदल बनाएको थियो । पार्टी सचिवालयमै सिमित राख्ने गरी बनाईएको यस्तो कार्यदल उनै पोखरेलले सार्वजनिक गरिदिएको चर्चा अहिले नेकपाभित्र छ ।

खासगरी उनले वामदेव गौतम संसदमा छिरेमा आफ्नो पदमाथी धावा बोल्न सक्ने ठानी वामदेवलाई रोक्नका लागि कार्यदल बनेको खवर सार्वजनिक गरिदिएको आरोप उनीमाथी लागेको छ । 
 

प्रतिक्रिया दिनुहोस