अर्बौ पर्ने स्टिकर किन्न सरकारलाई बाटो खुल्यो

पत्रपत्रिकाबाट

मंगलबार, १३ फागुन २०७६, ०८ : ३९
अर्बौ पर्ने स्टिकर किन्न सरकारलाई बाटो खुल्यो

काठमाडौं । विभिन्न सामानमा टाँसिने अर्बौ रुपियाँ पर्ने अन्तशुल्क स्टिकर खरिद गर्नका लागि सर्वोच्च अदालतले सरकारलाई सोमबार बाटो खोलिदिएको छ । 

न्यायाधीशहरू दीपककुमार कार्की र टंकबहादुर मोक्तानको संयुक्त इजलासले अन्तशुल्क स्टिकर खरिद गर्नका लागि बाटो खोलिदिएको हो ।

सरकारले अन्तर्राष्ट्रियस्तरबाट स्टिकर खरिद गर्नका लागि गत असोज १३ गते बोलपत्र आह्वान गरेको थियो। त्यस्तो बोलपत्र आह्वान गर्दा नेपाली कम्पनीले प्रतिस्पर्धा गर्न नपाउने सर्त राखिएको थियो ।

त्यस्तो सर्तले नेपाली कम्पनीलाई उपेक्षा गरेको उल्लेख गर्दै मिराज प्रिन्टिङ सोलुसन्सका तर्फबाट मनोहरराज घिमिरेले सवोच्चमा रिट निवेदन दायर गरेका थिए । सर्वोच्चले सो रिटलाई खारेज गरिदिएको हो । रिट निवेदन खारेज भएपछि स्टिकर खरिदका लागि बाटो खुलेको नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस