काठमाडौं । नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल बीच भेटवार्ता जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षका बीचमा बिहान साढे ९ बजबाट भेटवार्ता शुरु भएको हो । पार्टीको शनिबारको सचिवालयका केही निर्णयहरु पार्टी नेताहरुकै बीचमा विवादमा पर्न थालेपछि दुई अध्यक्ष बिच भेटवार्ता भएको हो ।
वार्तामा संविधान संसोधन गृहकार्यका लागि कार्यदल गठन गर्ने र प्रदेश २ का अध्यक्ष प्रभु सााहलाई नेताहरुको सार्वजनिक आलोचना गरेको विषयमा सोधिएको स्पष्टिकरणका विषयमा नेकपाभित्र विवाद देखिएको छ ।
नेकपाले संविधान संसोधन गृहकार्यका लागि वरिष्ठ नेता माधव नेपालको संयोजकत्वमा स्थायी समिति सदस्य सुवास नेम्वाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटालाई सदस्य राखेर कार्यदल बनाईएको थियो ।
उपाध्यक्ष वामदेव गौतमको माग अनुसार राष्ट्रिय सभा सदस्य समेत प्रधानमन्त्री बन्न पाउने गरी संविधान संसोधन, मधेसी दलले उठाउँदै आएका संविधान संसोधनका विषय र राष्ट्रिय सभा सदस्यको संख्या नै बढाउने गरी आएको प्रस्ताव सम्ममा छलफल हुन सक्ने बताईएको छ ।
ललिता निवास प्रकरणमा पार्टीका वरिष्ठ नेताहरु नै मुछिएको र भ्रष्टाचारीलाई जोगाउन नहुने भनी प्रदेश २ का अध्यक्ष साहले फेसबुकमा कारवाहीको माग गरेपछि उनलाई सचिवालयले स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।
यो विषयमा साहले भने आपत्ती जनाईरहेका छन् । त्यस्तै पार्टीका अभियान तयारीका भेलाका लागि आज गण्डकी प्रदेशमा हुन लागेको भेला तयारीका विषयमा पनि दुई अध्यक्षका बीचमा छलफल हुन सक्ने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ फागुन २०७६, १० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा- ५ को मतपरिणाम : २३ सय गणना हुँदा केपी ओली भन्दा बालेन हजार मतले अगाडि
मध्यपूर्वमा बर्सिएका मिसाइलको धुवाँले निदाउन सकिनँ : केपी ओली
जेनजी आन्दोलनका बारेमा एकाएक किन नरम देखिए ओली ?
संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन