काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो ६९ औं जन्मदिन मनाएका छन् । आज बिहान बालुवाटारस्थित निवासमा ओलीले जन्मदिन मनाएका हुन् ।
प्रधानमन्त्री ओलीलाई शुभेच्छुकहरुले निवासमै पुगेर बधाई तथा शुभकामना दिएका छन् । जन्मदिनको अवसरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत बालुवाटार पुगेर बधाई दिँदै सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै शुभेच्छा प्रकट गरेका छन् । प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिन नेकपा संसदीय दलका उपनेता, सुवास नेम्वाङ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्वगृहसचिव प्रेम राई, कांग्रेस नेतृ सीता गुरुङलगायत पुगेका थिए । प्रधानमन्त्रीको जन्मदिन मनाउन बालुवाटार पुगेका नेता तथा कार्यकर्ताले केक, मिठाई, फूलका माला र खादा लिएर गएका थिए ।
बालुवाटारमा जन्मदिन मनाईसकेपछि उनी आफ्नो जन्मथलो तेह्रथुम तर्फ लागेका छन् ।





प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि
निर्वाचन परिणाम अपेक्षित भएन, जनमतको सम्मान गर्छु : एमाले अध्यक्ष ओली
देश बनाउने र जलाउनेबिचको लडाइँमा एमालेको जित अनिवार्य छ: अध्यक्ष ओली
फागुन ७ स्वतन्त्र र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन : ओली
मतदाता भेटघाटका लागि आज फेरि झापामा जाँदै ओली
आजको लोकतान्त्रिक अधिकारको बीउ शहीदहरुले रोपेका हुन् : अध्यक्ष ओली