काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो ६९ औं जन्मदिन मनाएका छन् । आज बिहान बालुवाटारस्थित निवासमा ओलीले जन्मदिन मनाएका हुन् ।
प्रधानमन्त्री ओलीलाई शुभेच्छुकहरुले निवासमै पुगेर बधाई तथा शुभकामना दिएका छन् । जन्मदिनको अवसरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत बालुवाटार पुगेर बधाई दिँदै सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै शुभेच्छा प्रकट गरेका छन् । प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिन नेकपा संसदीय दलका उपनेता, सुवास नेम्वाङ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्वगृहसचिव प्रेम राई, कांग्रेस नेतृ सीता गुरुङलगायत पुगेका थिए । प्रधानमन्त्रीको जन्मदिन मनाउन बालुवाटार पुगेका नेता तथा कार्यकर्ताले केक, मिठाई, फूलका माला र खादा लिएर गएका थिए ।
बालुवाटारमा जन्मदिन मनाईसकेपछि उनी आफ्नो जन्मथलो तेह्रथुम तर्फ लागेका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीले दिए राजीनामा
सामान्य दुर्घटनालाई लिएर विधान महाधिवेशन भाँड्न खोजियो : ओली
यस्तो छ एमालेले चाहेको नेपाली विशेषताको समाजवाद (दस्ताबेज)
चीन भ्रमणबारे प्रधानमन्त्रीले संसद्लाई गराए जानकारी
संसद बैठकमा मन्त्रीहरूको लापरवाही : प्रधानमन्त्रीसँगै बसेका मन्त्रीहरू बैठकमै निदाए
राजनीतिमा को कति बेला जेल पर्छ भन्न सकिँदैन : प्रधानमन्त्री ओली