काठमाडौँ । सेक्युरिटी प्रेस खरिदमा कमिसनको ‘डिल’ गरिरहेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रालयमातहतका अरू ठूला प्रोजेक्टमा पनि चासो राखेका थिए ।
नयाँ योजनामा कमिसन खोज्ने मात्र होइन, कतिपय भइसकेका ठेक्कासमेत रद्द गरेर पनि उनले स्वार्थअनुसार अघि बढाएको खबर नयाँ पत्रिकाले छापेको छ ।
खासगरी उनले सेक्युरिटी प्रेस खरिद गर्ने, देशभर टेलिकमको फोरजी सेवा पुर्याउने, स्याटलाइट राख्ने, सामुदायिक विद्यालयहरूमा कम्प्युटर ल्याब स्थापना गर्ने, अप्टिकल फाइबर बिच्छ्याउने, आधिकारिक बिक्रेताभन्दा बाहिरबाट भित्र्याइएका मोबाइल नचल्ने बनाउन मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम खरिदलगायतका योजनामा गम्भीर चासो देखाएका थिए ।
१) प्राविधिक कमिटीको सुझाबविपरीत २८ अर्बको स्याटलाइट खरिद प्रक्रिया
२) करोडौँ कमिसन आउने गरी २३ अर्बमा सेक्युरिटी प्रेस किन्ने योजना
३) फोर–जी सेवा विस्तार गर्न १९ अर्बको ठेक्का
४) देशभर अप्टिकल फाइबर बिच्छ्याउने योजना, १० अर्बको भइसकेको ठेक्कामा हस्तक्षेप
५) मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम, दररेट घटाउन लगाएर ५ अर्बको ठेक्का
६) सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना, डेढ अर्बको कार्यक्रमको लागत साढे तीन अर्ब पुर्याइयो
७) हरेक वडा, स्वास्थ्य संस्था र सामुदायिक स्कुलमा इन्टरनेट सात अर्बको चालू कार्यक्रम
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १० फागुन २०७६, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा
‘पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन’ : गोकुल बास्कोटा
‘वाम एकताको बहसभन्दा आन्तरिक पुनर्गठन आवश्यक’ : गोकुल बास्कोटा
गोकुल बास्कोटाको टिप्पणी– 'म तपाईँजस्तो चरम अवसरवादी पात्र होइन'
चिनियाँ कम्युनिस्ट पार्टीको शैलीलाई नक्कल गर्ने प्रयास ‘सुपरफ्लप’ : गोकुल बाँस्कोटा
‘लोकप्रिय छौं भनेको नेताको मात्रै प्रिय भइएछ’ : गोकुल बास्कोटा