विराटनगर । सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ्मन्त्री वर्षमान पुनले मुलुकमा समृद्धि र नेपाली जनताको अधिकार प्राप्तिमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । पूर्वेली जनसञ्चार सहकारी संस्था लिमिटेडद्वारा प्रकाशित जनविद्रोहको परिवर्तित नाम ‘हाम्रो मत तथा हाम्रो मत अनलाईन’ को आज यहाँ सार्वजनिकीकरण गर्दै उहाँले हाम्रो मत पत्रिका आवाजविहीनहरुको आवाज बन्न सकोस् शुभकामना दिनुभयो ।
मन्त्री पुनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई सन्तुलनमा राख्ने सञ्चारमाध्यम आलोचनात्मक हुनुपर्ने भन्दै मुलुकमा आर्थिक र सामाजिक रुपान्तरण गर्न पत्रपत्रिकाले आफ्नो भूमिका निर्वाह गर्दै आएको स्पष्ट पार्नुभयो । उहाँले जनताका आवाजलाई एकीकृत गरी पत्रिकाको माध्यमबाट पुनःजनतामाझामा नै लाने सञ्चार माध्यमले अब जनताको नयाँ भावना, आकाङ्क्षालाई बोक्नुपर्ने सुझाव दिनुभयो ।
मुलुकमा स्थिरता कायम राख्न र नेपाली जनताको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन सञ्चार माध्यमको भूमिका अझ फराकिलो हुनुपर्ने भन्दै मन्त्री पुनले सञ्चारमाध्यम पनि समयअनुकुल आफूलाई सुधार र परिस्कृत गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । प्रदेश नं–१ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रको लक्ष्य र आकाङ्क्षलाई पूरा गराउन तथा विकास र समृद्धिको यात्रामा आफूलाई ठोस् ढङ्गले जोड्न सुझाव दिँदै पत्रपत्रिकामा नकारात्मक मात्र होइन सकारात्मक कुरालाई पनि प्राथमिकता दिनुपर्ने बताउनभयो ।
नेपाली काँग्रेस प्रदेश नं–१ संसदीय दलका नेता राजीव कोइरालाले सञ्चारमाध्यम जनताको मौलिक हक र अधिकारलाई स्थापना गराउन क्रियाशील रहनुपर्ने बोल्नुभयो । समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य जयराम यादवले समाजमा सचेतना फैलाउन सञ्चार माध्यमको भूमिका प्रशंसनीय छ भन्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नयाँ प्रारुपमा आएको यो पत्रिकाले जनताको समस्यालाई उठान गर्न सफलता मिलोस् भन्ने शुभकामना दिनुभयो ।
नेपाल पत्रकार महासङ्घ प्रदेश नंं–१ समितिका अध्यक्ष विक्रम लुइँटेलले प्रेस कानून पत्रकारमैत्री बन्नुपर्ने धारणा राख्नुभयो । मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडा र उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे र आयोजकका अध्यक्ष नवलप्रसाद उपाध्यायले हाम्रो मत पत्रिकाले सधँै नेपाली जनताको मन जित्न सफल हुने विचार व्यक्त गर्नुभयो ।
विस २०६१ वैशाख छ गते जनविद्रोह साप्ताहिकबाट शुरु भएको यो पत्रिका अहिले हाम्रो मतमा रुपान्तरण भएको र यसमा लामो समयदेखि योगदान पु¥याउनु भएका पत्रकार, सम्पादक, संस्थापक र सञ्चारकर्मी शिवकुमार डाँगी, गणेश उप्रेती, नवराज कट्टेल, विनोद घिमिरे, विमल लामिछाने, राजन केडी र रासस सञ्चालक समितिका सदस्य एवं जनविद्रोहका पूर्व समाचारदाता दयाराम दाहाललाई सम्मान गरिएको थियो । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सम्पती छानविन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छः वर्षमान पुन
संसदीय समितिमा सञ्चार माध्यमको पहुँच रोक्न नहुने वर्षमान पुनको धारणा
रोल्पा घटनामा संलग्नमाथि कडा कारवाही गर्न सांसद वर्षमान पुनको आग्रह
पुराना दलप्रति जनआक्रोशको कारणबारे समीक्षा आवश्यक: वर्षमान पुन
सम्पत्ति शुद्धीकरण गर्न पाइँदैन, नियन्त्रण गर्ने विभाग छ : वर्षमान पुन
सरकारले आफ्नो वाचा विपरित ऋण लिँदैछ, जवाफ दिनुपर्छः नेकपा नेता पुन