काठमाडौं । कमिसनको आरोप लागेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई प्रधानमन्त्री केपी शर्मा ओलीले किन पदमुक्त गरेनन् ? नेपालको संविधानको धारा ७७ को उपधारा (२) को व्यवस्थाअनुसार मन्त्री बाँस्कोटाको व्यवहारअनुसार उनलाई राजीनामा गर्न लाउने नभई प्रधानमन्त्रीले पदमुक्त गर्नुपर्ने कानुन व्यवसायीहरूको धारणा छ।
नेपालको संविधानको धारा ७७ को उपधारा (२) मा चारमध्ये कुनै एक अवस्था आइपरेमा मन्त्रीको पद रिक्त हुने व्यवस्था गरिएको छ। जसअनुसार उपधारा (२) को खण्ड (क) मा मन्त्रीले प्रधानमन्त्रीसमक्ष लिखितरूपमा राजीनामा दिएमा, (ख) मा प्रधानमन्त्रीले मन्त्रीलाई पदमुक्त गरेमा, (ग) मा उपधारा (१) बमोजिम मन्त्रीको पद रिक्त भएमा र (घ) मा मन्त्रीको मृत्यु भएमा मन्त्रीको पद रिक्त हुने व्यवस्था छ।
ती व्यवस्थाअनुसार कुनै मन्त्रीले कुनै अनैतिक वा गैरकानुनी कार्य गरेमा प्रधानमन्त्रीले त्यस्तो मन्त्रीलाई पदमुक्त गर्नुपर्ने कानुन व्यवसायीहरूको भनाइ छ। तर मन्त्री बास्कोटालाई खण्ड (क) को व्यवस्था प्रयोग गरी राजीनामा गराइएको छ। नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०९ फागुन २०७६, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता
झन्डै एक महिनासम्म पनि नाउपाका मन्त्रीको राजीनामा स्वीकृत भएन
प्रदेश प्रमुख अस्वस्थ भएपछि बागमतीका नवनियुक्त मन्त्रीको शपथ कार्यक्रम स्थगित
संसद बैठकमा मन्त्रीहरूको लापरवाही : प्रधानमन्त्रीसँगै बसेका मन्त्रीहरू बैठकमै निदाए
दुई मन्त्रीको गाडी आपसमा ठोक्किएर दुर्घटना