‘भ्रष्टाचार हुन लागेको ४ अर्ब भन्दा बढी रकम रोक्न मन्त्री बाँस्कोटाले डिल गरेको अडियो सार्वजनिक’

डेढ महिना अघि नै यो अडियो क्लिप प्रधानमन्त्री ओलीलाई दिएको खुलासा

सफल खबर संवाददाता

विहीबार, ०८ फागुन २०७६, ०९ : ५८
‘भ्रष्टाचार हुन लागेको ४ अर्ब भन्दा बढी रकम रोक्न मन्त्री बाँस्कोटाले डिल गरेको अडियो सार्वजनिक’

काठमाडौं । नेपालमा सेक्युरिटी प्रेस स्थापना गर्न स्वीस कम्पनीसंग कुरा गरेर सहमती गरेपनि कमिसनमा संचारमन्त्री गोकुल बाँस्कोटाले चित्त नबुझाउदै जर्मनीको अर्को कम्पनीलाई ठेक्का दिन तयार भएपछि कमिसनको कुराकानी भएको अडियो सार्वजनिक भएको छ । 

उक्त कुराकानी स्वीस कम्पनीका नेपाल एजेण्ट विजयप्रकास मिश्रले भ्रष्टाचार रोक्न भन्दै विभिन्न संचारमाध्यममा दिएर सार्वजनिक गरेका हुन् । उक्त अडियो अहिले सामाजिक संजालमा भाईरल बनेको छ । 

सरकारले नेपालमै इ–पासपोर्ट छपाई गर्ने भन्दै त्यसका लागि सेक्युरिटी प्रेसको स्थापना गर्न लागिएको थियो । त्यसका लागि  तयारी पनि थालेको भियो । यसै सम्बन्धमा स्वीस कम्पनीले सेक्युरिटी प्रेस स्थापना गर्नका लागि २ सय मिलियन अर्थात् करिब २६ अर्ब रुपैयाँ प्रस्ताव गरी लगानी बोर्डलाई पत्र पठाएको थियो ।

स्वीस कम्पनीले करिब २८ अर्बमा बिल्डिङसहित बनाइदिने भनेको सेक्युरिटी प्रेस स्थापनाका लागि कमिशनको कुरा नमिलेपछि विभिन्न कारण देखाएर १२ अर्ब बढीमा अर्को जर्मनीको कम्पनीलाई करिब ४० अर्ब रुपैयाँमा ठेक्का दिन लागिएको थियो ।

स्वीस कम्पनीले बिल्डिङसहित करिब २८ अर्बमा बनाउने भनेको सेक्युरिटी प्रेस जर्मन कम्पनीले करिब ४० अर्बमा बनाउन लागेको थियो । कुराकानी भएर पनि कमिसनका कारण आफूले ठेक्का नपाउने स्थिति आएपछि स्वीस कम्पनीका नेपाल एजेण्ट मिश्रले उक्त अडियो बुधबार साँझ विभिन्न सञ्चारमाध्यमलाई उपलब्ध गराएका थिए ।

मिश्रले भने उक्त रकम घुस नभएर कमिशन भएको र त्यो नियमसंगत तरिकाबाट आउने भन्दै कुल ७४ करोड कमिशनको ७० प्रतिशत मन्त्री बाँस्कोटा र ३० प्रतिशत आफूहरुले पाउने गरी काम गर्न लागिएको बताए । उनको भनाईमा मन्त्रीलाई त्यति रकमले नपुगेपछि अर्को  जर्मन कम्पनीलाई ४० अर्बको १२ प्रतिशत अर्थात् ४ अर्ब ८० करोड रकम कमिशन खान खोजेपछि उक्त संवाद बाहिर ल्याइएको हो ।

मिश्रका अनुसार यो कुराकानी अहिले बाहिर नआएको भने लेखा समितिबाट जर्मनी कम्पनीलाई ठेक्का दिने सहमती भईसकेको हुन्थ्यो । यो सेटिंगमा लेखा समितिका मानिसहरु पनि संलग्न रहेको उनको दाबी छ । भ्रष्टाचार रोक्नकै लागि यो अडियो बाहिर ल्याएको भन्दै उनले अब ठेक्का के हुने आफुलाई थाहा नभएको तर मन्त्री बाँस्कोटालाई भने अप्ठेरो पर्ने उनको तर्क छ । 

स्वीस कम्पनीका नेपाल एजेण्ट विजय प्रकाश मिश्रले बास्कोटासँग भएको कुराकानीको अडियो क्लिप करिब डेढ महिना पहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको पनि दाबी गरेका छन् । । जब स्वीस कम्पनीसँग सम्झौता नगरी जर्मन कम्पनीसँग सम्झौता गर्न खोजियो, त्यसपछि उक्त अडियो प्रधानमन्त्रीलाई दिँदै जर्मन कम्पनीसँग कुल बजेटको १२ प्रतिशत कमिशन लिएर सम्झौता गर्न लागिएको भन्दै प्रधानमन्त्रीलाई उक्त अडियो क्लिप पठाइदिएका थिए ।

सोही बेला प्रधानमन्त्री ओलीले हाम्रो पैसा लगेर हामीलाई नै घुस दिने भन्दै तत्काल ठेक्का कसैलाई नदिने बताएका थिए ।  सार्वजनिक भएको अडियो संवादमा मन्त्री बाँस्कोटाले कमिसनको बारे सोधपुछ गरेको, कर्मचारीलाई गालीगजौल गरेको स्पष्ट सुन्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस