काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुई वर्षभित्र सबै नागरिकको पहुँचमा विद्युत् सेवा पुग्ने बताउनुभएको छ । प्रतिनिधि सभामा सांसदहरूसँगको प्रश्नोत्तरमा मन्त्री पुनले केन्द्रीय प्रसारण लाइन नपुगेको क्षेत्रमा पनि सोलार मिनी ग्रिडबाट विद्युत् पु¥याउने लक्ष्य रहेको बताउनुभयो ।
अव्यवस्थित काठका पोल हटाउने र विद्युतीकरणबारे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले प्रश्न गर्नुभएको थियो । जवाफमा मन्त्री पुनले अर्को वर्षबाटै काठमाडौँमा भूमिगत तहबाट विद्युत् वितरण हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सन् २०२१ देखि भूमिगत तहबाट विद्युत् वितरण हुने छ । त्यसपछि उपत्यकाका अन्य जिल्लामा दोस्रो चरणमा काम हुने छ । देशका मुख्य सहरमा पनि भूमिगत वितरणबारे अध्ययन भइरहेको छ । ८८ प्रतिशत नागरिक विद्युत्को पहुँचमा अहिले छन् ।
आगामी दुई वर्षमा सबै नागरिकको पहुँच पु¥याउने लक्ष्य छ । केन्द्रीय प्रसारण लाइन नपुगेको क्षेत्रमा पनि सोलार मिनी ग्रिड स्थापना गरेरै भए पनि विद्युत् पु¥याउने सरकारको कार्यक्रम छ । ” उहाँले हाल करिब चार लाख काठका पोल रहेको बताउनुभयो । त्यसमा सामुदायिक विद्युतीकरणका तथ्याङ्क सामेल रहेको उहाँको भनाइ छ ।
आर्थिक वर्ष २०८०÷८१ सम्म खेतीयोग्यमध्ये ९० प्रतिशत जमि(नमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य रहेको पनि उहाँको भनाइ छ । चालू वर्षमा सिँचाइ र नदी नियन्त्रणका लागि सङ्घीय सरकारले २० अर्ब ८५ करोड रुपियाँ बजेट विनियोजन गरेको पनि मन्त्री पुनको भनाइ छ । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०७ फागुन २०७६, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतद्वारा थप १५ दिन चौबिसै घण्टा विद्युत् निर्यात गर्न अनुमति
विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति
पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो
विद्युत् महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर
विद्युत् प्राधिकरणको नाफा १ अर्ब ४६ करोडले घट्यो
विद्युत् निर्यात दोब्बर बनाइने