काठमाडौ । गत आर्थिक वर्षमा १७ अर्ब ४५ करोड रुपियाँको विद्युत् निर्यात गरेकोमा चालु आर्थिक वर्ष (२०८२/८३) को अन्त्यसम्ममा दोब्बर बनाइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
इन्डियन इनर्जी एक्सचेन्ज, भारतमै मध्यमकालीन सम्झौता र बङ्गलादेश निर्यातसमेत गरी करिब ३५ अर्ब रुपियाँ बराबरको विद्युत् निर्यात गर्ने योजना अनुसार गृहकार्य भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।
कुल ८१०.९ मेगावाट निर्यातको अनुमति पाएकोमा गत सोमबार मात्रै भारत सरकारले थप २०० मेगावाट विद्युत् निर्यातका लागि नेपाललाई सहमति दिएको छ । शाक्यका अनुसार थप दुई सय मेगावाट पनि स्वीकृतिको अन्तिम चरणमा छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ भदौ २०८२, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतद्वारा थप १५ दिन चौबिसै घण्टा विद्युत् निर्यात गर्न अनुमति
विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति
पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो
विद्युत् महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर
विद्युत् प्राधिकरणको नाफा १ अर्ब ४६ करोडले घट्यो
म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार