किन अघि बढेन ‘इम्बोस्ड नम्बरप्लेट’को काम ?

पत्रपत्रिकाबाट

मंगलबार, ०६ फागुन २०७६, ०७ : ३१
किन अघि बढेन ‘इम्बोस्ड नम्बरप्लेट’को काम ?

सांकेतिक तस्बिर ।

काठमाडौं । सर्वोच्च अदालतले सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट जडानको बाटो खोलेको २ महीना बितिसक्दा पनि यातायात व्यवस्था विभागले काम अघि बढाउन सकेको छैन ।

नम्बर प्लेटमा कुन भाषा प्रयोग गर्ने भन्ने विषयमा सरोकारवाला निकाय नै स्पष्ट नभएपछि यो काम अघि बढ्न नसकेको हो । सर्वोच्चले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयोग विरुद्धको रिट खारेज गरेसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई नम्बरप्लेट जडानको काम अघि बढाउन निर्देशन दिएको थियो । तर, हालसम्म विभागले उक्त काम अघि बढाएको छैन ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले सर्वोच्चको निर्णयको पूर्णपाठ आइनसकेकाले काम अघि बढ्न नसकेको बताए । ‘कुन भाषा प्रयोग गर्ने स्पष्ट नभएको तथा सबै प्रदेशको नामकरण पनि नभइसकेकाले नम्बरप्लेट जडानको काम अघि नबढेको हो,’ हमालले भने ।

उनका अनुसार इम्बोस्ड नम्बरप्लेट जडानका लागि कम्पनीसँग छलफल भने भइरहेको छ । विभागले नम्बरप्लेट छाप्न स्वीकृति दिएलगत्तै कम्पनी नम्बरप्लेट छाप्न तयार रहेको उनले बताए । सर्वोच्चको पूर्णपाठ आएलगत्तै इम्बोस्ड नम्बरप्लेट छपाइको काम अघि बढ्ने उनको भनाइ छ ।  आर्थिक अभियानमा खबर छ 

प्रतिक्रिया दिनुहोस