काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संघीय संसदले पार्टीलाई तिर्नुपर्ने लेवीका सन्दर्भमा औपचारिक निर्णय गरेको छ ।
अब संघीय सांसदहरुले पार्टीलाई मासिक १२ हजार रुपैयाँ लेवी तिर्नुपर्ने निर्णय भएको हो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि नेकपाले पछिल्लो पटक संघीय संसदले पार्टीलाई तिर्नुपर्ने लेवीका सन्दर्भमा औपचारिक निर्णय गरेको हो ।
यसअघि दुबै पार्टीले तत्कालीन एमाले र माओवादीकै हैसियतमा पार्टीलाई लेवी तिर्दै आएका थिए ।
नेकपाले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सम्बन्धमा भने हालसम्म ठोस निर्णय गरेको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ फागुन २०७६, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, कहाँ–कहिले ?
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै