सरकारले सङ्घीयता र लोकतन्त्र सुदृढीकरणमा ध्यान दिएन : उपसभापति निधि

रासस

आइतबार, ०४ फागुन २०७६, ११ : ३९
सरकारले सङ्घीयता र लोकतन्त्र सुदृढीकरणमा ध्यान दिएन : उपसभापति निधि

बलेवा । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सङ्घीयता र लोकतन्त्र सुदृढीकरण गर्न ध्यान नदिएको आरोप लगाउनुभएको छ ।  

नेपाली काँग्रेस बागलुङ क्षेत्र नं १ ले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई शनिबार यहाँ सम्बोधन गर्दै उहाँले सरकार सङ्घीयताको सिद्धान्त र भावना अनुरुप  चल्न नसकेको बताउनुभयो । 

“प्रधानमन्त्रीले दुई वर्षसम्म एउटै पार्टीको सरकार चल्यो  भन्नुभयो ।   यस्तो  प्रगति हुँदैन । जनताले के को आशा गर्ने,”उपसभापति निधिले भन्नुभयो ।  पूर्वगृहमन्त्रीसमेत रहनुभएका उहाँले दुई वर्षमा काँग्रेसका पालामा गरेका गतिविधिको रिबन काट्ने बाहेक अन्य काम सरकारले नगरेको  बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस