काठमाडौँ । सल्यानको त्रिवेणी गाउँपपालिका–१ तल्लो काभ्रामा १७ वर्षीया कविता बोहराको घाँटी रेटेर हत्या भएको तीन दिन भइसक्दा पनि प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न सकेको छैन ।
सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले कविताको घाँटीको श्वासनली काटेर हत्या गरेको अवस्थामा शव फेला परेको जानकारी दिए । शव घरभन्दा करिब १०-१५ मिटर टाढा गाईवस्तु सार्ने ठाउँमा फेला परेको थियो ।
‘शुक्रबार राति ९ बजेसम्म कोठामा एक्लै पढिरहेकी कविता घरका अन्य सदस्य सुतेपछि बाहिर निस्केको हुनसक्ने र त्यही बेला उनको घाँटी रेटर हत्या भएको हुनसक्छ,’ डीएसपी खतिवडाको भनाइ छ ।
खतिवडाले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । तर प्रहरीले आइतबार बिहानसम्म कसैलाई नियन्त्रणमा लिएको छैन । डिएसपी खतिवडाले भने, ‘अनुसन्धान जारी छ, ३-४ दिनमै रिजल्ट आउँछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ फागुन २०७६, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्र?हार गरी युवकको हत्या, दुई जना पक्राउ
वीरगन्जमा प्रहरी जवानको हत्या : चारजना पक्राउ
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या