काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले भ्रष्टहरुमाथि सरकार निर्मम बन्ने बताएका छन् । उनले आफूले भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने पुरानो भनाइ दोहोर्याँदै कसैले आफ्नो भनाइ भन्नैको लागि भनेको ठानेको छ भने त्यो गल्ती हुने बताए ।
‘म आफू भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ । गत वर्षको सम्बोधनका क्रममा मैले यो भनेको थिएँ, कसैले मेरो भनाइ भन्नको लागि भनेको ठानेको छ भने त्यासले गल्ती गर्दैछ,’ संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ।
ओलीले दुराचारी र दुराचार, भ्रष्ट र भ्रष्टाचारीको सम्बन्धमा मुखमा पानी हालेर बस्ने आफ्नो बानी नरहेको उल्लेख गर्दै भने, ‘जो जतिसुकै उच्च ओहोदावाला होस्, कथित पहुँचवाला र तिनको मुख हेरेर सजाय तोकिन्नँ । कारबाही गर्ने नगर्ने निर्णय मुख हेरेर लिइन्न।’
उनले सुशासनका संयन्त्रहरु क्रियासिल हुँदा भ्रष्टाचारमा निर्लिप्तहरु मुर्मुरिने गरेको उल्लेख गर्दै भ्रष्टालाई कारबाहीको दायरामा ल्याउँदा समेत आफू आलोचनाको शिकार हुनु परेको बताए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
संसद बैठकमा मन्त्रीहरूको लापरवाही : प्रधानमन्त्रीसँगै बसेका मन्त्रीहरू बैठकमै निदाए
राजनीतिमा को कति बेला जेल पर्छ भन्न सकिँदैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीबाट तराई-मधेसको सुख्खा क्षेत्रको अवलोकन
विद्या भण्डारी राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले मानेको र ठानेको छैन: ओली
प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन
स्पेनमा मान्छे छाडेर आयो भन्दै अराजक तत्वले घटिया प्रचार गरे : प्रधानमन्त्री ओली