काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले भ्रष्टहरुमाथि सरकार निर्मम बन्ने बताएका छन् । उनले आफूले भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने पुरानो भनाइ दोहोर्याँदै कसैले आफ्नो भनाइ भन्नैको लागि भनेको ठानेको छ भने त्यो गल्ती हुने बताए ।
‘म आफू भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ । गत वर्षको सम्बोधनका क्रममा मैले यो भनेको थिएँ, कसैले मेरो भनाइ भन्नको लागि भनेको ठानेको छ भने त्यासले गल्ती गर्दैछ,’ संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ।
ओलीले दुराचारी र दुराचार, भ्रष्ट र भ्रष्टाचारीको सम्बन्धमा मुखमा पानी हालेर बस्ने आफ्नो बानी नरहेको उल्लेख गर्दै भने, ‘जो जतिसुकै उच्च ओहोदावाला होस्, कथित पहुँचवाला र तिनको मुख हेरेर सजाय तोकिन्नँ । कारबाही गर्ने नगर्ने निर्णय मुख हेरेर लिइन्न।’
उनले सुशासनका संयन्त्रहरु क्रियासिल हुँदा भ्रष्टाचारमा निर्लिप्तहरु मुर्मुरिने गरेको उल्लेख गर्दै भ्रष्टालाई कारबाहीको दायरामा ल्याउँदा समेत आफू आलोचनाको शिकार हुनु परेको बताए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी