काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बूढीगण्डकी जलविद्युत् परियोजनाको कामले अब छिट्टै गति लिने बताउनुभएको छ । सातौँ धादिङ महोत्सवको धादिङबेँसीमा आज उद्घाटन गर्दै उहाँले धादिङ र गोरखाका जनताको जीवनस्तरमा गुणात्मक फड्को मार्ने परियोजना भएको हुँदा मुआब्जाको काम सकिएकोले यसको काम छिट्टै हुने बताउनुभयो ।
जलविद्युत् परियोजनाका प्रभावितको पुनर्वासको विषयमासमेत छलफल भएको बताउँदै उहाँले यसबाट आर्थिक विकास र पर्यटन विकासमा देशलाई ठूलो फाइदा पुग्ने दाबी गर्नुभयो । पृथ्वीराजमार्गको वैकल्पिक मार्गको रूपमा त्रिशूली र मस्र्याङ्दीमा समानान्तर राजमार्ग बनाउन सरकार लागि परेको उहाँको भनाइ थियो ।
निजी, सार्वजनिक र सहकारीको विकास गर्दै समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गर्दै अध्यक्ष दाहालले ल्हसाबाट काठमाडाँै, पोखरा हुँदै लुम्बनी रेलमार्ग बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । हालको अवस्थामा निजी क्षेत्र पनि उत्साहित भएको बताउँदै उहाँले विदेशी लगानी भित्रिए मात्र नेपाल प्रगतितर्फ अग्रसर हुने धारणा व्यक्त गर्नुभयो ।
धादिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष रुद्रबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चेपाङ, मगर, लामा, झाँकी प्रस्तुत गरिएको थियो । कूल १५५ कक्ष रहेको महोत्सवले पाँच करोडको कारोवार गर्ने छ भने महोत्सवमा दुई लाख मानिसले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । धादिङमा उत्पादन भएका राडीपाखी, ढाका, हस्तकला, तथा रेशम आदि सामाग्रीको प्रदर्शनी गरिएको छ । उद्घाटन समारोहमा सांसद खेम लोहनी, मीन विश्वकर्मा, भूमी त्रिपाठी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०२ फागुन २०७६, १९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यक्ष दाहालद्वारा बुद्ध जयन्तीको शुभकामना
माओवादीले किन दिइरहेछ कोशीलाई असाधारण प्राथमिकता ?
भ्रष्टाचारको मुहान बन्द गर्न कार्यकारी निर्वाचित राष्ट्रपति प्रणाली आवश्यक : प्रचण्ड
प्रचण्डलाई एमाले महासचिव शंकर पोखरेलको प्रश्न : तपाई के वोल्दै हुनुहुन्छ ?
सरकार डरले रुझेको बिरालो भएको छ : प्रचण्ड
समाजवादी क्रान्तिको तयारी गर्न खोज्दा घेराबन्दी सुरु हुन्छ : प्रचण्ड