काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सही विचार र नेतृत्वकै कारण जनयुद्धलाई शान्तिमा रुपान्तरण गरेको बताउनुभएको छ ।
जनआन्दोलन तथा जनयुद्धका शहीदहरुको स्मृतिमा नेकपा चितवनद्वारा आज भरतपुरमा आयोजित श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्र्दै अध्यक्ष प्रचण्डले धैरै वर्षसम्मको वैचारिक बहस र कसरतपछि शान्ति प्रक्रिया र पार्टी एकीकरणका काम भएको बताउनुभयो । ‘‘तत्कालीन नेकपा एमाले र माओवादीबीचको शृङ्खलाबद्ध वार्ताले देशलाई सङ्घीय गणतन्त्रमा लैजाने अठोट गरेको हो’’, उहाँले भन्नुभयो,“त्यसले देशलाई युगीन परिवर्तन ग¥यो ।” दाहालले कसैको नक्कल गरेर क्रान्ति नगरको भन्दै नेपालको क्रान्तिमा आफ्नैपन रहेको बताउनुभयो ।
‘‘नेपालमा जस्तै मौलिक परिवर्तन दुनियाँमा कतै भएको छैन्”, उहाँले भन्नुभयो,“यो सही विचारका कारण हुनसक्यो ।” कम्युनिष्ट कमजोर अरुका कारण नभई आफ्नै कारणले हुने गरेको उहाँले बताउनुभयो । ‘‘कम्युनिष्ट आन्दोलन प्रतिक्रियावादीको सङ्घर्षमा पराजित भएको छैन्”, उहाँले भन्नुभयो,“आफँैभित्र देखा पर्ने विसङ्गति, विचलन र विकृतिले आफैँ सिद्धिने गरेका छौँ ।”
‘‘पार्टी एकता हतपत आवेगमा विचार नै नगरी भएको हो भन्ने कतिपयलाई लाग्न सक्छ”, अध्यक्ष प्रचण्डले भन्नुभयो,“यसका लागि धेरै वैचारिक बहस भएका छन् ।” पार्टी र सिद्धान्त समय र परिस्थिति अनुसार परिवर्तन हुनुपर्ने उहाँले बताउनुभयो । नेपालमा हतियार नउठाएका पार्टीको राजनीतिक अस्तित्व नरहेको जिकिर गर्दै २००७ सालको जनक्रान्ति, २०२८ सालको झापा विद्रोह र २०५२ सालको जनयुद्धमार्फत आएका पार्टी नै नेपालमा स्थापित भएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०१ फागुन २०७६, १९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी कार्यालय अवलोकनपछि प्रचण्डले भने– नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ
क्षतिग्रस्त पार्टी कार्यालय हेर्न पेरिसडाँडा पुगे प्रचण्ड
पार्टी काममा फर्किए प्रचण्ड, आज पार्टी कार्यालयको निरीक्षण गर्ने
प्रचण्डको सुझाव : 'संविधान र संसदीय प्रक्रियाबाट निकास खोजौ'
जेनजी आन्दोलन विस्फोटक बन्नु सरकारको कुशासन र दमनको परिणाम : प्रचण्ड
चितवनमा प्रचण्डको घर जलाइयो