काठमाडौँ । सप्तरीको बोदेबर्साइन नगरपालिका–१० खड्गपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको भारतमा गोली प्रहार गरी हत्या गरिएको छ ।
कामको सिलसिलामा भारतको झन्झारपुर गएर स्कार्पियोमार्फत फर्कँदै गर्दा मोटरसाइकलमा सवार अज्ञात समूहले गोली प्रहार गरी यादवको हत्या गरेको हो ।
यादव बोदेबर्साइन नगरपालिका–८ स्थित एक ग्यारेजका काम गर्दै आएका थिए । ग्यासरेजको कामको सिलसिलामा यादवसँगै ग्यारेज धनी सत्येन्द्र यादव पनि सँगै थिए ।
सप्तरीका एसपी कृष्ण प्रसाईका अनुसार भारतीय प्रहरीसँग समन्वय गरेर घटनाबारे बुझ्ने कोसिस भइरहेको छ । उनले भने, ‘गोली चलेको हल्ला छ । एक युवकको मृत्यु भएको भन्ने खबर आएको छ । यद्यपी घटनाको विस्तृत विवरण आइसकेको छैन् ।’
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ फागुन २०७६, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण
छोराले गरे आमाको हत्या