चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरलाई खेलको हब बनाइने बताउनुभएको छ ।
उहाँले भरतपुर महानगरपालिकाको योजनामा धुर्मुस सुन्तली फाउन्डेसनसँगको सहकार्यमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ आयोजित धनधान्यान्चल महोत्सव समापन कार्यक्रममा उहाँले भरतपुर महानगरपालिकाको महाअभियानमा आर्थिक, भौतिक, एवं नैतिक सम्पुर्ण सहयोग पूर्याउनुहुने महानुभावहरु, उद्योगी, व्यवसायी संघसंस्थालगायतका सम्पूर्ण जनसमूदायप्रति हार्दिक अभार एवं कृतज्ञता व्यक्त गर्नुभयो ।
भरतपुर महानगरपालिका महानगरको दिगो र आत्मनिर्भर विकासको गतिमा योजनाबद्ध ढंगले अगाडि बढिरहेको बताउँदै उहाँले खेल क्षेत्रलाई पनि प्रमुख प्राथमिकता दिएर अगाडि बढाउने बताउनुभयो ।
‘हामी भरतपुरलाई अन्य क्षेत्रका साथै खेल क्षेत्रको पनि केन्द्र बनाउने सोचका साथ छलफल गरिरहेका थियौ। त्यही क्रममा धुर्मुस सुन्तली फाउण्डेशन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका लागि जग्गाको खोजीमा लागिरहेको थियो र उहाँहरु भरतपुर आउनुभयो’ प्रमुख दाहालले भन्नुभयो, ‘हाम्रा बिचमा विभिन्न चरणमा छलफलहरु गरी जग्गाको पहिचान भयो र हामीले दुई पक्षिय सहमती गरी आज यहाँसम्म आइपुगेका हौँ ।’
उहाँले काठमाण्डौँको राष्ट्रिय समागृहमा सम्मानीय प्रधानमन्त्री, केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” प्रमूख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री ससांक कोइरालालाई साक्षी राखेर भव्य समारोहका बिच यो गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा भएको उहाँले सम्झनुभयो।
उहाँले भन्नुभयो, ‘अहिले हामी निर्माणको चरणमा छौँ । हामीले घोषणामै भनेका थियौँ यो रंगशाला सरकारी, निजी र सर्वसाधारणको सहकार्यमा जनस्तरबाटै निर्माण गर्ने भनेर, सोही अनुरुप हामीले रंगशाला निर्माणार्थ सहयोग अभियानलाई जारी राखेका छौँ।’
‘धानधान्याचल महोत्सव पनि रंगशाला निर्माणको लागि स्रोत संकलन गर्ने र यो रंगशालाको बारेमा देश एवम् विदेशमा जनस्तरसम्म सन्देश पूर्याउने थियो। यो महोत्सवबाट हामी दुवै विषयमा पूर्ण रुपमा सफल भएका छौँ’ उहाँले भन्नुभयो । ‘हामीले ५० करोड आर्थीक संकलन गर्ने लक्ष लिएका थियौँ।
हामी त्यसको करीब नजिक पुगेका छौँ भने देशैभरिबाट यस महोत्सव सफल बताउन उत्रिएको अपार जनसागरले जनस्तरमा गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको आवश्यकता र औचित्यता अनुमोदित भएको निष्कर्शमा पुगेका छौँ।’ उहाँले रंगशाला निर्माण सहयोगार्थ धनधान्यान्चल महोत्सव आयोजना गरिरहदाँ सुरुमा म मा पनि कस्तो होला भन्ने कौतुहलता रहेको थियो आज समापनको क्षेणमा आईपुग्दा अत्यन्तै हर्षको अनुभुति भैरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ माघ २०७६, १७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेरिबेक सिटी काउन्सिल अष्ट्रेलिया र भरतपुर महानगरबीच भगिनी सम्बन्ध स्थापना हुने
भरतपुरका ४ सय युवाहरुलाई लक्ष्ति गरी सीपमूलक तालिम सुरु
भरतपुर महानगरद्धारा ‘सुत्केरी पोषण झोला’ कार्यक्रम सुरु
भरतपुर महानगरका विद्यार्थीहरुको विद्यालयमा नै स्वास्थ्य परिक्षण तथा स्क्रिनिङ अभियान शुभारम्भ
चितवनको गाजर र चुकन्दर जर्मन निर्यात
भरतपुर महानगर र दाङको राप्ती गाउँपालिकाबीच भगनी सम्बन्ध कायम