काठमाडौं । नेपाली कांग्रेसले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विरोधमा आइतबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विरोधमा कांग्रेसले आइतबार पनि संसद अवरुद्ध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाएको विषय संसदबाट सम्बोधन गर्न नसकिने भन्दै संसद सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।
यसअघि दुई पटकसम्म संसद अवरुद्ध गर्दा आफूले कांग्रेसको कुरा गम्भीरतापूर्वक सुनेको भन्दै सभामुख सापकोटाले संवैधानिक आयोगको निर्णय र अदालत प्रवेश गरिसकेको विषयमा संसद अवरुद्ध गरिरहनुको औचित्य नहुने बताए। ‘यो विषय अदालतमा गइसकेको छ । यहाँबाट निरुपण हुन सक्दैन’ उनले भने ।
सभामुख सापकोटाले आइतबार कांग्रेस सांसदहरुलाई बोल्न समय पनि दिएनन् । कांग्रेस सांसदको अवरोधकै बीच नेकपा सचेतक शान्ता चौधरीले पनि बोल्न समय मागेकी थिइन्, तर सभामुख सापकोटाले समय दिएनन् ।
सभामुखको आग्रहपछि पनि कांग्रेस सांसदहरु आफ्नो सिटमा नबसी संसद अवरुद्ध गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ माघ २०७६, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती विधेयकमा भएको गडबडी छानबिन समितिका सदस्यहरूले गरे सभामुखसँग छलफल
कुलिङ अफ पिरियडको गडबडी छानबिन गरी विधेयक सच्याउन सभामुखको जोड
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल सिंहदरवारमा जारी
विधेयकको अवस्थाबारे छलफल गर्न सभामुखले बोलाए समितिका सभापतिहरूसँगको बैठक
प्रमुख तीन दलका मुख्य सचेतकसँग छलफल गर्दै सभामुख
प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा अवरोध नगर्न रास्वपालाई सभामुखको आग्रह