‘फिर्ता नलाने भए अन्तर्राष्ट्रिय समुदाय गुहार्छौं’: चीनमा अध्ययनरत विद्यार्थी

पत्रपत्रिकाबाट

शनिबार, २५ माघ २०७६, ०७ : ४०
‘फिर्ता नलाने भए अन्तर्राष्ट्रिय समुदाय गुहार्छौं’: चीनमा अध्ययनरत विद्यार्थी

file photo

काठमाडौं । कोरोना भाइरस सन्त्रासले विश्वविद्यालयको होस्टेलमा बन्दीझैं बस्न बाध्य नेपाली विद्यार्थीले स्वदेश फिर्तीका लागि अन्तर्राष्ट्रिय समुदाय गुहार्ने चेतावनी दिएका छन्। नेपाल सरकारले स्वदेश फर्काउन आलटाल गरेपछि चीनको वुहान सहरमा रहेका विद्यार्थी छटपटिएका हुन्।

‘हामीमाथि खेलवाड भएको छ। समस्या पर्दा राज्यले हेर्छ भन्ने अनुभूति गर्न पाइएन,’ नेपाल फर्कन आवेदन दिएका एक विद्यार्थीले विच्याटमा भने, ‘अब हामी विश्व समुदायसँग अपिल गर्नेछौं। विश्वमा मानवता बाँकी नै होला १’

उनीहरूले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई सम्बोधन गर्दै दुई दिनभित्र स्वदेश फिर्ताको आग्रह गरेका हुन्। नत्र अन्तर्राष्ट्रिय समुदाय गुहार्न बाध्य हुनेमा ध्यानाकर्षण गराएका छन्। ‘कि हामीलाई स्वदेश फर्काउनुपर्‍यो, कि तत्काल कोही मन्त्री वुहान आएर अभिभावकत्व दिनुपर्‍यो भनेर आग्रह गरेका छौं,’ उनले भने।

सरकारले आफ्ना नागरिकका सट्टा विदेशी कूटनीतिज्ञका कुरा सुन्दा अचम्मित भएको उनीहरूको भनाइ छ। एक विद्यार्थीले भने, ‘यो हाम्रो निरीहताको पराकाष्ठा हो। साथीहरू आफ्नो मुलुक पुगेको दुई साता हुन लागिसक्यो। हामी अझै सरकारको बाटो हेर्दै छौं।’ भारत, बंगलादेश,  श्रीलंका, माल्दिभ्स, म्यानमारलगायत मुलुकले आफ्ना नागरिकलाई लगिसकेका छन्। अमेरिका, फ्रान्स, टर्की, साउदी अरेबियाका नागरिक त्यसअघि नै फर्किएका थिए।

संक्रममितको उपचार घरमै

हुपेई प्रान्तका संक्रमित अस्पतालमा शड्ढया नपाएपछि घरमै उपचार गराउन थालेको समाचार चाइना डेलीले छापेको छ। ‘नेपाल सरकार भने चीनमै राम्रो व्यवस्था छ भनेर चिनियाँ राजदूत होउ यान्छीको कुरामा मस्त छ,’ चिकित्सा अध्ययन गरिरहेका एक विद्यार्थीले भने, ‘हाम्रो जीवनमाथि सरकारले खेलवाड गरिरहेको छ। मरून् भन्ने आसय देखियो। अन्यथा अब स्वदेश फर्काउन कुन शक्तिले रोक्छ रु सरकारले सहजीकरण गरिदिए फर्कन्छौं भन्दा पनि नपाउने रु ’

भियना अभिसन्धिअनुसार सम्बन्धित देशको दूतावासले आफ्ना नागरिकको अवस्था संकलन गरी सरकारलाई सुझाव दिनुपर्छ। बेइजिङस्थित नेपाली दूतावासले उक्त कार्य गरिरहेको छ। दूतावासले १ सय ८० जनाको तथ्यांक संकलन गरेर ‘क्लियरेन्स’ को लागि प्रक्रिया सुरु गरेको जनाएको छ। तर, सरकारले ढिलाइ गरेको छ। राजदूत लीलामणि पौड्याल सम्पर्कमा नआएको विद्यार्थीले बताए।

दूतावास उपप्रमुख सुशील लम्सालले विद्यार्थी फर्काउन पहल गरिरहेको बताए। ‘हामी सरकारको सम्पर्कमा छौं। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरूप स्थान तय गरेर फर्काउने पहल सरकारको छ,’ लम्सालले भने, ‘विद्यार्थी निकै असहजत अनुभव गरिरहेका छन्। कतिपयले गगनचुम्बी भवनमा एक्लै रहनुपरेको र अब हामफाल्नुपर्ने अवस्था आएको सुनाउन थालेका छन्। हामी सम्झाइबुझाइ गरिरहेका छौं।’ अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।