काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद सुमना श्रेष्ठले हेलिकप्टरबाट हेर्न जाँदैमा मधेसमा पानी नआउने टिप्पणी गरेकी छन् ।
सोमबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि संशोधन राख्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली लक्षित अभिव्यक्ति दिएकी हुन् ।
‘खडेरी पर्यो भनेर हेलिकप्टरमा हेर्न जाँदैमा मधेशमा पानी आउँदैन । चुरेको कुरा जोडिन्छ’, उनले भनिन् । प्रधानमन्त्री ओली साउन ७ गते मधेश पुगेका थिए । उनले चुनावदेखि चुनावको मात्रै हेरेर समस्याको समाधान नहुने बताइन् । ‘मधेशमा भएको अभावलाई हेरौँ । यसमा जोडिन्छ । निर्वाचनदेखि निर्वाचन सोचेर हुँदैन’, उनले भनिन् ।
उनले सार्वजनिक जग्गामा आँखा नलाउन सरकारलाई आग्रह पनि गरिन् । वन र राष्ट्रिय निकुञ्जसँग सम्बन्धित दफा खारेज गर्न उनले माग गरिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ साउन २०८२, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानुनको शासन र शक्ति पृथकीकरणमा संवेदनशील हुन सरकारलाई रास्वपा सांसदको सुझाव
एमाले सांसदको प्रश्न- मेयर हुँदा राखेको ग्रेटर नेपालको नक्सा अहिले खोइ ?
रास्वपाका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सुरु
सरकार ‘रुल अफ ल’ भन्दा ‘रुल बाइ ल’ तर्फ उद्धतः सांसद गुरुङ
लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकास र सुशासन प्राथमिकतामा
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल