काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद सुमना श्रेष्ठले हेलिकप्टरबाट हेर्न जाँदैमा मधेसमा पानी नआउने टिप्पणी गरेकी छन् ।
सोमबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि संशोधन राख्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली लक्षित अभिव्यक्ति दिएकी हुन् ।
‘खडेरी पर्यो भनेर हेलिकप्टरमा हेर्न जाँदैमा मधेशमा पानी आउँदैन । चुरेको कुरा जोडिन्छ’, उनले भनिन् । प्रधानमन्त्री ओली साउन ७ गते मधेश पुगेका थिए । उनले चुनावदेखि चुनावको मात्रै हेरेर समस्याको समाधान नहुने बताइन् । ‘मधेशमा भएको अभावलाई हेरौँ । यसमा जोडिन्छ । निर्वाचनदेखि निर्वाचन सोचेर हुँदैन’, उनले भनिन् ।
उनले सार्वजनिक जग्गामा आँखा नलाउन सरकारलाई आग्रह पनि गरिन् । वन र राष्ट्रिय निकुञ्जसँग सम्बन्धित दफा खारेज गर्न उनले माग गरिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ साउन २०८२, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेलाई लुम्बिनीमा झट्का, निर्वतमान सांसदले नै छोडे पार्टी
मधेश सरकार गठनविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित रिट दायरका लागि सर्वोच्चमा
रास्वपाका सबै सांसदले राजीनामा दिने
फिनल्याण्डका युवा सांसद संसद्भित्रै मृत भेटिए
राष्ट्रिय सभामा सांसदले भने-‘भ्रष्टाचारीको मुख हेर्दिन भन्ने साइनबोर्ड फालिदिए हुन्छ’
आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग