विद्या भण्डारीबारे ओलीको कटाक्ष- 'संसदीय राजनीतिमा आएपछि त खाएको खायै हुनुहुन्छ, कुनै अन्याय भएको छैन'

सफल खबर संवाददाता

सोमबार, १२ साउन २०८२, ०८ : ३५
विद्या भण्डारीबारे ओलीको कटाक्ष- 'संसदीय राजनीतिमा आएपछि त खाएको खायै हुनुहुन्छ, कुनै अन्याय भएको छैन'

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र विद्या भण्डारीलाई कुनै अन्याय नगरिएको बताएका छन् । भण्डारीको पार्टी सदस्यता नवीकरण रोकेका ओलीले भण्डारीलाई पार्टीले संसदीय राजनीतिमा आएदेखि न्यायमात्र गरेको टिप्पणी गरेका छन् ।

रास्ट्रपति भएकोले मर्यादमा माथि भएपनि पार्टीमा भण्डारी भन्दा धेरै सिनियर नेताहरु रहेकोले पनि पार्टीमा भण्डारीले नेतृत्व दावी गर्नु नै गलत भएको ओलीको भनाई थियो । गत केन्द्रीय समितिबाट भण्डारीको सदस्यता नविकरण रोक्ने निर्णयपछि हरेक दिन जसो पार्टीका विभिन्न तहका नेताहरुलाई बालुवाटार बोलाएर ओलीले भण्डारीप्रति रोष ब्यक्त गर्न थालेका छन् ।

उनले भण्डारीले आफुहरु पञ्चायतमा जेल बस्दा सामान्य विद्यार्थीको राजनीति मात्र गरेको र पछि संसदीय राजनीतिमा आएपछि लाभैलाभ लिएको टिप्पणी समेत गर्न थालेका छन् । । ‘पञ्चायतकालमा उहाँले गरेको जम्माजम्मी अखिलको राजनीति हो । संसदीय राजनीतिमा आएपछि त खाएको खायै हुनुहुन्छ । सांसद, मन्त्री, राष्ट्रपति, अन्याय भन्ने ठाउँ नै छैन’ ओलीले आफुलाई भेट्न बालुवाटार पुगेका एमाले नेता कार्यकर्तासँग भन्ने गरेका छन् ।

‘पञ्चायतकालमा उहाँले गरेको जम्माजम्मी अखिलको राजनीति हो । संसदीय राजनीतिमा आएपछि त खाएको खायै हुनुहुन्छ । सांसद, मन्त्री, राष्ट्रपति, अन्याय भन्ने ठाउँ नै छैन’ ओलीले आफुलाई भेट्न बालुवाटार पुगेका एमाले नेता कार्यकर्तासँग भन्ने गरेका छन् ।

भण्डारीले आफुलाई अलोकप्रिय भएको भन्दै अब नेतृत्व छोडन सिधासिधै भनेको भन्दै आफु भण्डारीले भने जस्तो अलोकप्रिय नभई झन् लोकप्रिय बनेको ओलीको भनाई थियो । ‘एमालेलाई चौतर्फी घेराबन्दी भएको अवस्थाबाट फेरि पार्टीलाई सवै पार्टीभन्दा निर्णायक पार्टी बनाउन सक्ने मान्छे कसरी अलोकप्रिय हुन्छ ?’ भण्डारीले आफुलाई लगाएको आरोपको खण्डन गदैं ओलीले भनेका छन्, ‘फतुर आरोप लगाएर नेतृत्व हस्तान्तरणको कुरा गरेर हुँदैन । ’

‘नेतृत्व हस्तान्तरण भनेको राखेको ठाउँबाट झिकेर लैजाने कुरा होइन । मर्यादामा तपाईं (विद्या भण्डारी) माथि हो, तर तपाईं भन्दा धेरै सिनियर नेताहरु पार्टीमा हुनुहुन्छ’, विद्यालाई दिएको जवाफ ओलीले बालुवाटारमा नेता कार्यकर्तासँग सुनाउने गरेका छन्,  ‘अहिले शेरबहादुर देउवा किन बलियो हुनुहुन्छ भने उहाँलाई अरुले मानेका छन् । मैले छोड्दैमा तपाईंलाई अरुले छोड्छन् भन्ने छैन ।’

ओलीले विद्या भण्डारीको पक्षमा जम्मजम्मी तीन जना नेता मात्र उभिएको तर्क गरे । उनले नेता नै आफनो पक्षमा नभएको मान्छेले फाइफुर्ती लगाउँदै हिड्न नहुने पनि बताए ।

‘विद्या भण्डारीलाई राजनीतिमा ल्याउनुपर्छ भन्ने निर्णयमा जम्मा तीन जना देखिएका छन्, अरु सवै विपक्षमा छन् । त्यसकारण पनि उहाँले तीन जना बोकेर हिड्दैमा केही हुँदैन । विधा भण्डारीसँग अब पार्टीले कुनै सहमति, सम्झौता गदैन,’ ओलीले भने ।

प्रतिक्रिया दिनुहोस