काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध पार्टीकै सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेको भन्दै नेकपा एमालेले चाँडो निष्कर्षमा पुग्न आग्रह गरेको छ ।बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा नेपाली काँग्रेस बागमती प्रदेश सभामा संसदीय दलका नेता छन् । अहिले मुख्यमन्त्री रहनुभएका लामाविरुद्ध पार्टीकै सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
प्रस्तावमा २१ जना सांसदहरूले हस्ताक्षर गरेका छन् । अविश्वासको प्रस्तावको नेतृत्वकर्ता कांग्रेस सांसद इन्द्र बानियाँ छन् । यद्यपि मुख्यमन्त्री लामाले अविश्वासको प्रस्तावको सामना गर्ने बताइसकेका छन् ।
यता, नेकपा एमालेका बागमती प्रदेश सभाका संसदीय दलका नेता जगन्नाथ थपलियाले कांग्रेसका सांसदहरूबाटै आफ्नै पार्टीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको र यसबारे कांग्रेस नै छिटो निष्कर्षमा पुग्नुपर्ने बताए । उहाँले यो काँग्रेसभित्रको नितान्त आन्तरिक मामिला भएकाले एमालेले कुनै सल्लाह दिने र हस्तक्षेप गर्ने काम नगर्ने स्पष्ट पारे ।
उनले भने, ‘अन्य पार्टीको आन्तरिक मामिलामा चासो राखिराख्न हामीलाई आवश्यक छैन । नितान्त उहाँहरूको विषय हो । जे गर्ने हो छिटो टुङ्ग्याउनुस् भन्ने हो । त्यो नहुनुपर्दथ्यो । सरकारलाई अस्थिरतामा राख्नु हुँदैन, विकासका काममा यसले अवरोध गर्दछ । प्रदेश सरकार अस्थिर भयो, विकासका कामहरू नहुने भए भन्ने प्रश्न छ । यस्तो कुरा आउनु ठिक होइन । चाँडो भन्दा चाँडो समस्या समाधान हुनुपर्छ । हाम्रो प्रत्यक्ष कुनै हस्तक्षेप, सल्लाह केही पनि हुँदैन ।’
मुख्यमन्त्री लामा नेतृत्वको सरकारले आव २०८२/८३ का लागि ल्याएको बजेटमा कांग्रेसभित्र चर्को विवाद भएको थियो । बजेट विवाद उत्कर्षमा पुग्दा कांग्रेस सांसदहरू सरकारको नेतृत्व परिवर्तन गर्ने पक्षमा पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ साउन २०८२, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन पार्टीको अभियानमा साथ दिन काँग्रेसको आग्रह
‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियानसहित नेता कार्यकर्तालाई परिचालन गर्ने काँग्रेसको निर्णय
कांग्रेस कार्यसम्पादन समिति बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काँग्रेस सभापति थापा पोखरामा
देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ : कांग्रेस महामन्त्री