काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध पार्टीकै सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेको भन्दै नेकपा एमालेले चाँडो निष्कर्षमा पुग्न आग्रह गरेको छ ।बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा नेपाली काँग्रेस बागमती प्रदेश सभामा संसदीय दलका नेता छन् । अहिले मुख्यमन्त्री रहनुभएका लामाविरुद्ध पार्टीकै सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
प्रस्तावमा २१ जना सांसदहरूले हस्ताक्षर गरेका छन् । अविश्वासको प्रस्तावको नेतृत्वकर्ता कांग्रेस सांसद इन्द्र बानियाँ छन् । यद्यपि मुख्यमन्त्री लामाले अविश्वासको प्रस्तावको सामना गर्ने बताइसकेका छन् ।
यता, नेकपा एमालेका बागमती प्रदेश सभाका संसदीय दलका नेता जगन्नाथ थपलियाले कांग्रेसका सांसदहरूबाटै आफ्नै पार्टीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको र यसबारे कांग्रेस नै छिटो निष्कर्षमा पुग्नुपर्ने बताए । उहाँले यो काँग्रेसभित्रको नितान्त आन्तरिक मामिला भएकाले एमालेले कुनै सल्लाह दिने र हस्तक्षेप गर्ने काम नगर्ने स्पष्ट पारे ।
उनले भने, ‘अन्य पार्टीको आन्तरिक मामिलामा चासो राखिराख्न हामीलाई आवश्यक छैन । नितान्त उहाँहरूको विषय हो । जे गर्ने हो छिटो टुङ्ग्याउनुस् भन्ने हो । त्यो नहुनुपर्दथ्यो । सरकारलाई अस्थिरतामा राख्नु हुँदैन, विकासका काममा यसले अवरोध गर्दछ । प्रदेश सरकार अस्थिर भयो, विकासका कामहरू नहुने भए भन्ने प्रश्न छ । यस्तो कुरा आउनु ठिक होइन । चाँडो भन्दा चाँडो समस्या समाधान हुनुपर्छ । हाम्रो प्रत्यक्ष कुनै हस्तक्षेप, सल्लाह केही पनि हुँदैन ।’
मुख्यमन्त्री लामा नेतृत्वको सरकारले आव २०८२/८३ का लागि ल्याएको बजेटमा कांग्रेसभित्र चर्को विवाद भएको थियो । बजेट विवाद उत्कर्षमा पुग्दा कांग्रेस सांसदहरू सरकारको नेतृत्व परिवर्तन गर्ने पक्षमा पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ साउन २०८२, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमतीमा कांग्रेस विवाद : शेखर पक्ष पर्ख र हेरको नीतिमा
'भिजिट भिसाबाट उतै घरजम गरेकालाई उपप्रधानमन्त्री र मन्त्री बनाइसक्यौँ’ : काँग्रेस
मधेशवादी दल एकजुट हुँदा रुपन्देहीमा काँग्रेसलाई चुनौती पर्न सक्ने निष्कर्ष
कुलिङ पिरियडबारे एमालेका ५ सांसदको संशोधन प्रस्तावप्रति काँग्रेसले जनायो गम्भीर आपत्ति
कांग्रेस पदाधिकारी बैठकमा रुपन्देही-३ को उपनिर्वाचनबारे छलफल
कांग्रेस पदाधिकारी बैठक सुरु