हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको हैसियत गुमाएका छन् । संसदीय दलमा मंगलबार भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको छ ।
अविश्वासको पक्षमा भने २२ मत परेको छ पूर्वमन्त्री समेत रहेका सांसद सुरजचन्द्र लामिछानेले जानकारी दिए । यो सँगै लामाले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको हैसियत गुमाएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ साउन २०८२, १३ : १६
लेखकबाट थप