काठमाडौँ । मधेश केन्द्रित संघीय लोकतान्त्रिक मोर्चाले जिल्लामा गर्ने संयुक्त कार्यक्रमका लागि समन्वय गर्न जिम्मेवारी तोकेको छ । जनता समाजवादी नेपालको संसदीय दलको कार्यालयमा बसेको बैठकले १८ साउनमा काठमाडौँमा गर्ने कार्यक्रममा संयुक्त रूपमा समन्वय गर्ने निर्णय गरिएको छ ।
भैरहवा, नेपालगञ्ज र कैलालीमा हुने कार्यक्रमको संयोजन नागरिक उन्मुक्ति पार्टीले गर्ने भएको छ । जसपा नेपालले १६ भदौमा विराटनगरमा, १६ भदौमा राजविराजमा हुने कार्यक्रमको संयोजन राष्ट्रिय मुक्ति पार्टीले गर्ने छ भने २० भदौमा जनकपुरमा तमलोपा र २२ भदौमा लोसपा नेपालले वीरगञ्जमा समन्वय गर्ने भएको छ ।
मोर्चामा सात दल रहे पनि जनमतले भने बैठक बहिष्कार गरेको थियो । जनमत अनुपस्थित भएपछि कार्यक्रमका लागि समन्वय गर्ने स्थान समेत तोकिएको छैन । अधिकार र पहिचान पक्षधर पार्टीहरूसँग मोर्चाको सहकार्य गर्ने नीति अनुसार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नेपाल जनमुक्ति पार्टीलाई पहिलो चरणमा संवाद गर्ने निर्णय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ साउन २०८२, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा जनमत सहभागी नहुने
संघीय लोकतान्त्रिक मोर्चाले बोलायो बैठक
संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै