इजरायल । नेपाल सरकारका पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई इजरायलका परराष्ट्र मन्त्रालयले विपिन जोशी अवस्था बारे कुनै अपडेट नरहेको जानकारी गराएको छ । इजरायली परराष्ट्र मन्त्रालयका महानिर्देशक इडन वार तालसँग भेटमा पूर्वमन्त्री ज्ञवालीले जोशीको सुरक्षित तथा चाँडो उद्धार र स्वदेश फिर्तीबारे गम्भीर चासो राखेका थिए।
जवाफमा महानिर्देशक तालले जोशीको अवस्थाबारे कुनै जानकारी नरहे पनि खोजीको लागि पहल भइरहेको बताए । करिब ४०/५० जना झैँ बन्धक रहेको र उनीहरूको रिहाइका लागि पहल भइरहेको उनको भनाई थियो । तर विपिनको अवस्था अज्ञात रहेको मन्त्रालयका निर्देशकले बताए ।
भेटमा नेपाल र इजरायलबीचको ६५ वर्ष लामो मित्रता र सहकार्यबारे विस्तृत छलफल गरिएको पूर्वमन्त्री ज्ञवालीले जानकारी दिए । साथै दुई सरकार बिचका अघिल्लो सहमति कार्यान्वयन सम्बन्धी विषयहरू पनि छलफल भएको उनले बताए ।
प्रवासी नेपाली मञ्च इजरायलको अधिवेशनका लागि इजरायल आइपुगेका ज्ञवाली आज स्वदेश फिर्ता भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ साउन २०८२, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
गाजामा इजरायलको पुन: घातक आक्रमण, एकै परिवारका ११ जनाको मृत्यु
इजरायल-हमास सम्झौतापछि गाजामा हर्षोल्लास
इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भने- यो महान् दिन हो
इजरायल र हमासबीचको पहिलो वार्ता सकारात्मक