काठमाडौँ । प्रहरी महानिरीक्षक दीपक थापाले पदोन्नति भएका ८ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक थापाले उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन्।
नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ साउन ९ गतेको निर्णयले प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा २ जना, प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा ४ जना र नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ साउन १२ गतेको निर्णयले प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा २ जना गरी जम्मा ८ जना प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ साउन २०८२, १८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवनियुक्त आईजीपी दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान
दुई उपरथी र पाँच जना प्रमुख सेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
प्रधान सेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
एआईजी मगरलाई दर्ज्यानी चिन्ह प्रदान
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान