खुला सीमाका कारण निकासी पैठारीमा चुनौती छ: उद्योगमन्त्री भण्डारी

सफल खबर संवाददाता

मंगलबार, १३ साउन २०८२, १३ : ५३
खुला सीमाका कारण निकासी पैठारीमा चुनौती छ: उद्योगमन्त्री भण्डारी

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खुला सीमाका कारण निकासी पैठारीमा चुनौतीहरू रहेको बताएका छन् । आज राजधानीमा आयोजित ‘३१ औँ कार्गो डे’ लाई  सम्बोधन गर्दै उनले खुला सीमाका कारणले चोरी निकासी भइरहेको र करोडौँ राजश्व समेत गुमिरहेको बताएका हुन् । 

उद्योगमन्त्री भण्डारीले भने,  ‘खुला सीमाका कारणले चोरी निकासी भइरहेको र करोडौँ राजश्व समेत गुमिरहेको छ । खुला सीमाका कारण बढिरहेको चुनौतीका बारेमा सरकार गम्भीर रहेको छ । चोरी निकासीबाट भन्दा पछि अधिकतम रूपमा भन्सार बिन्दु हुँदै वैधानिक बाटाबाट कसरी समानहरू भित्राउने भन्नेमा हामी लागिरहेका छौँ । व्यापारलाई सहजीकरण गर्ने नीति सरकारले अख्तियार गरेको छ ।’

मन्त्री भण्डारीले निकासी पैठारी सम्बन्धी पुराना कानुनहरूलाई सरकारले समयानुकूल परिवर्तन गर्नका लागि संसदमा संशोधनको प्रस्ताव दर्ता गराई सकेको जानकारी दिए ।