काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकमा सामूहिकता र अन्तर्घुलनको एउटा नयाँ ‘फ्युजन’ प्रस्तुत भएको बताउनुभएको छ ।
नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासङ्घको केन्द्रीय समितिको शपथ ग्रहण तथा एकताको प्रथम बैठकलाई आज सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केन्द्रीय समितिको बैठकमा एकरुपता कायम भएर अभियानात्मक रुपमा अगाडि बढेको स्पष्ट पार्नुभयो ।
उहाँले जताततै देखिएको निराशाले यहाँ केही ठीक नभइरहेको देखाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले भन्न त भनेका छौँ भ्रष्टाचार गर्दैनौँ र गर्न पनि दिँदैनौँ, यो घोषणा आफैँमा राम्रो कुरा हुँदै हो । तर राज्यको समग्र व्यवहारमा स्थानीय तहदेखि सङ्घसम्म भ्रष्टाचार रोकिन थालेको छ भन्ने अनुभूति जनताले गरे कि गरेनन् भन्यो भने ‘ग्राफ’चाहि राम्रो आउँदैन ।”
अध्यक्ष दाहालले कर प्रणाली जनताको पक्षमा भन्दा जनताको विरोधीको पक्षमा हुन थाल्यो कि क्या हो भन्ने जस्तो देखिएको बताउनुभयो । उहाँले राज्यमाथि मध्यम वर्गको प्रभाव र हस्तक्षेप बढाएर लैजान र तल्लो वर्गलाई परिवर्तनको प्रतिफल पुग्यो भन्ने अनुभूत गराउनतर्फ उद्योग व्यवसायीको ध्यान जान जरुरी रहेको बताउनुभयो ।
कम्युनिष्ट पार्टीको सरकारले राष्ट्रिय पूँजीपति र गरिबलाई नरम खालको कर नीति लागू गर्नुपर्नेमा यस्तो महसुस नभएको उल्लेख गर्नुभयो । आउने दुई÷तीन वर्ष राम्रो काम गर्न नसकेमा जनताले कम्युनिष्ट पार्टी भन्दैमा भोट नदिने पनि अध्यक्ष दाहालको भनाइ थियो । कार्यक्रममा नेकपा निकटका उद्योगी व्यवसायीलाई अध्यक्ष दाहालले पद तथा गोपनियताको शपथ गराउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २४ माघ २०७६, १९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड
चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा
राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड