काठमाडौँ । अपराध अनुसन्धानमा प्रदेश प्रहरीले सीमित अधिकार मात्र पाउने भएको छ । नेपाल प्रहरी तथा अन्य अधिकारप्राप्त निकाय र अधिकारीले अनुसन्धान गर्ने कसुरबाहेकका प्रादेशिक स्तरका सरकारवादी कसुरमा प्रदेश प्रहरीले अनुसन्धान गर्नेछ ।
विभिन्न दस प्रकृतिका गम्भीर कसुर अनुसन्धानको अधिकार सङ्घीय प्रहरीलाई हुने छ । राज्यविरुद्धका कसुर, अध्यागमनसम्बन्धी कसुर र सङ्गठित अपराध अनुसन्धान सङ्घीय प्रहरीले मात्र गर्ने छ । प्रदेशभित्रका अन्य कसुरको अनुसन्धान भने प्रदेश प्रहरीले गर्ने छ ।
नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वयसम्बन्धी विधेयकमा प्रहरीको अधिकार र समन्वयको व्यवस्था गरिएको छ । उक्त विधेयक प्रमाणीकरण प्रक्रियामा छ । सभामुख अग्निप्रसाद सापकोटाले विधेयक प्रमाणित गरेर पठाइसक्नुभएको छ ।
संसद्को तेस्रो अधिवेशनबाटै विधेयक पारित भए पनि सभामुख नहुँदा प्रमाणीकरण भएको थिएन । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २२ माघ २०७६, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरहाजिर २० जना प्रहरी कर्मचारीको नाममा प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
मिराजको समूहलाई प्रहरीले माइतीघरबाट हटायो
माइतीघरमा जेन जेडलाई प्रहरीले रोक्यो
प्रहरी सहायक निरीक्षक हरि भट्टराई बने बागमतीकै सर्वोत्कृष्ट
गुण्डागर्दीमुक्त चितवन, शान्ति सुरक्षामा प्रहरीको प्रभावकारी भूमिका
चितवनमा दुर्घटना तथा चोरीका घटना बढेपछि प्रहरी चेकजाँच कडा