काठमाडौँ । हेटौंडा–११ कि तेस्रो लिङ्गी अजिता भुजेलको हत्यामा संलग्न ५ आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
अजिता गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पडाँडामा हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो ।
समहमतिमा यौन सम्पर्क र पछि पैसा दिने क्रममा कुरा नमिल्दा विवाद भएको र अजिताको हत्या भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको मकवानपुर प्रहरी प्रमुख एसपी सुशील सिंह राठौरले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा–११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ वर्षीय आशिष बल र हेटौंडा–४ का २१ वर्षीय बुद्ध लामा रहेका छन् । घटनामा संलग्न भनिएका २ जना भने अझै फरार छन् ।
एसपी राठौरका अनुसार सिमोन परियारले ल्याएको ना ६ ख ६५२७ नम्बरको ट्रकको क्याबिनमा चारैजनाले यौनसम्पर्क गरेको र पैसामा कुरा नमिलेपछि अजिताको हत्या भएको हो ।
पैसामा कुरा नमिलेपछि ट्रकभित्रै बिजुलीको तारले घाँटी अठ्याएर मारेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । हत्या गरेर शव उनीहरुले ट्रकमै राखेर क्याम्पाडाँडामा लगेर फालेको प्रहरीसमक्ष बयान दिएका छन् ।
अजिताको हराएको मोबाइल बुद्ध लामाले साथी आशिषलाई दिएका थिए । आशिषले आफ्नी पत्नी एलिसालाई दिएका थिए । सोही मोवाइल अन भएपछि प्रहरीले सबैलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ माघ २०७६, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्र?हार गरी युवकको हत्या, दुई जना पक्राउ
वीरगन्जमा प्रहरी जवानको हत्या : चारजना पक्राउ
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या