काठमाडौं । विद्युत् मिटरको शिल तोडेर विद्युत् चुहावट गर्ने ८५ जनाभन्दा बढी व्यक्तिलाई कारवाही गरेको विद्युत् वितरण केन्द्र टाँडीले जनाएको छ । साथै वितरण केन्द्रअन्तर्गतका विभिन्न टोल र घरमा छड्के गरी शिल तोडिएको अवस्थामा ५० वटा मिटर जफत गरिएको केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवले जानकारी दिनुभयो ।
विसं २०७६ श्रावणदेखि हालसम्म गरिएको विशेष छड्केमा कारवाहीमा परेकाबाट करिब रु १० लाख जरिवाना गरी असुलको प्रक्रिया अगाडि बढाइएको छ । साठी हजार विद्युत् मिटर ग्राहक रहेको सो केन्द्रले मासिक विद्युत् शुल्कवापत रु सात करोड उठाउने गरेको छ ।
कार्यालयले सामाजिक काम शुरु गरेको छ । कार्यालयले अति गरिब तथा विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर प्रदान गरेको छ । गत आर्र्थिक वर्षमा सो कार्यालयले ३०० विद्युत् मिटर निःशुल्क वितरण गरेको थियो । चालू आर्थिक वर्षमा पनि निःशुल्क विद्युत् मिटर वितरण प्रक्रिया अगाडि बढाएको छ ।
त्यस्तै कार्यालयले त्यहाँ आउने सेवाग्राहीलाई अप्ठ्यारो पर्न नदिन एकद्वार प्रणलीबाट सबै काम सम्पन्न गराउने तयारी भइरहेको प्रमुख श्रीवास्तवले बताउनुभयो । कार्यालयले पुराना तार तथा पोल फेर्ने र ट्रान्सफरमर नयाँ जडान गर्ने काम पनि दू्रत गतिमा अगाडि बढाएको जनाएको छ । टाँडीका स्थानीयवासी रामप्रसाद आचार्यका अनुसार कार्यालयको काम विगतको तुलनामा अत्यन्त सरल र सहजका साथै चुस्तदुरुस्त भएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २० माघ २०७६, २० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्युत् महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर
विद्युत् प्राधिकरणको नाफा १ अर्ब ४६ करोडले घट्यो
विद्युत् निर्यात दोब्बर बनाइने
म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार
बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो
लमजुङमा १७ विद्युत् आयोजनाबाट बिजुली उत्पादन