काठमाडौँ । विदेश जान लागेका एक बलात्कार आरोपीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । धादिङको गजुरी गाउँपालिका ८ का कृष्ण भनिने हेमन सिंह बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सोमबार उनलाई पक्राउ गरेको हो ।
८ महिनाअघि उनले गजुरीकै स्थानीय एक १६ वर्षे युवतीलाई घरमा सुतिरहेको बेला बलात्कार गरेको प्रहरीले जनाएको छ । त्यतिबेला स्काभेटर चालकको रुपमा कार्यरत उनी सो घटनापछि फरार रहँदै आएका थिए ।
ब्यूरोका प्रवक्ता बेलबहादुर पाण्डेका अनुसार गत जेठ १४ गते बस्नेतले घरको कोठामा सुतिरहेको बेला राति युवतीमाथि बलात्कार गरेका थिए । कोठाको ढोका फुटाएर भित्र पसी मुख समेत थुनेर बोल्न नदिइ उनले बलात्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० माघ २०७६, १५ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ
विदेश पठाउने भन्दै ठगीको आरोपमा तीन जना पक्राउ
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ