दमौली । नेपाल बार एशोसिएशन तनहुँका पूर्वाध्यक्ष एवं जिल्ला विकास समितिका पूर्वसभापति फणीन्द्रबहादुर पाण्डेको आज निधन भएको छ । केही समयदेखि अस्वस्थ पाण्डेको तनहँुको व्यास नगरपालिका–३ दमौलीस्थित निवासमा निधन भएको हो ।
पाण्डेको आज नै दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरिएको छ । पाण्डेको निधनप्रति शोक व्यक्त गर्दै दाहसंस्कारमा सहभागी नेकपाका केन्द्रीय सदस्य एकबहादुर रानाले परिवर्तन र निरङ्कुशताविरुद्धको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पाण्डेको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभयो ।
नेकपा जिल्ला अध्यक्ष एवं सांसद केदार सिग्देल, सांसद प्रतापकुमार श्रेष्ठ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यासका प्रमुख न्यौपानेलगायतले सामाजिक क्षेत्रमा योगदान पु¥याउनुभएका पाण्डेको निधनले समग्र तनहुँवासीले अभिभावक गुमाएको महसुस गरेको बताउनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २० माघ २०७६, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नमोबुद्ध नगरपालिकाका पूर्वमेयर तिमल्सिनाको निधन
प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको निधन
तारकेश्वर गाउँपालिकाका वडाध्यक्ष रिमालको निधन
गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
प्रजातान्त्रिक आन्दोलनका योद्धा कुशवाहाको निधन
लिभरपुल र पोर्चुगलका स्टार स्ट्राइकर डिएगो जोटाको निधन