कठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सपना नदेख्नेहरुले केही गर्न नसक्ने बताउनु भएको छ ।
काठमाडौं महानगरपालिका वडा नं. ४ स्थित चुनदेवी क्षेत्र समाजको सामुदायिक भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, ‘अठोट र सपना देख्नु परिवर्तनको पूर्व शर्त हो । सपना नदेख्नेहरुले केही गर्न सक्दैनन् ।’
उपप्रधानमन्त्री पोखरेलले हरेक व्यक्तिले विकासको काम मेरो काम हो भनेर अठोट गर्नुपर्नेमा जोड दिनुभयो ।
‘असल काम जसले गरेको भएपनि प्रशंसा गर्नुपर्छ,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘जनताको विश्वास र आर्शिवाद लिएर काम गर्नुपर्छ ।
जनतासँग मिलेर काम गर्न उपप्रधानमन्त्री पोखरेलले जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ ।
‘भाषण गरेर होइन, काम गरेर देखाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘कुनै पनि नामबाट जनतालाई ढाट्ने ठग्ने काम गर्नुहुँदैन ।’
उहाँले मठ, मन्दिर र सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
‘संस्कृतिको रक्षा, सबै जातजाती भाषा धर्मबीच सहिष्णुता कायम गर्नु हाम्रो दायित्व हो,’ उहाँले भन्नुभयो ।
उपप्रधानमन्त्री पोखरेलले निर्वाचनको समयमा जनतासँग गरेको प्रतिबद्धता पूरा गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउनस सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा काठमाडौँ क्षेत्र नंं ५ (क) का प्रदेश सांसद नारायण सिलवालले पुनः निर्माण तथा नव निर्माण गर्दा पुरातात्विक सम्पदालाई ख्याल गरेर गर्नुपर्ने बताउनुभयो ।
‘काठमाडौंमा खोनपानी समस्या छ । त्यो बाहेक अरु काम तिब्र गतिमा भइरहेको छ । अब मेलम्चीको पानी छिट्टै आउँछ,’ सांसद सिलवालले भन्नुभयो ।
सांसद सिलवालले अव्यवस्थित बिजुली र तारहरुलाई व्यवस्थित बनाउन सम्बन्धित निकायहरु लगिपरेको बताउनुभयो ।
‘बिजुली र तारहरुको व्यवस्थापन भएपछि सुन्दर बस्तिको रूपमा परिचित हुन्छ,’ उहाँले भन्नुभयो ।
प्रदेश सांसद सीता अधिकारीले विकास निर्माणको काममा सबै जना एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।
का.म.न.पा. ४ का वडाध्यक्ष मोहन विष्टले वडा भित्रका विकास निर्माणका लागि जनताको राय सुझाव अनुसार नै विकासको काम भइरहेको बताउनुभयो । प्रतिनिधि सभा काठमाडौं क्षेत्र नम्बर ५ अन्तरगत स्थानीय पूर्वाधार साझेदार कार्यक्रम र स्थानीय जनताको सहयोगमा ५५ लाखमा भवन निर्माण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ माघ २०७६, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको अभियानमा मेरो संलग्नता र सहभागिता अटुट रहन्छ : ईश्वर पोखरेल
प्रतिस्पर्धालाई तिक्तताको रूपमा लिनुहुन्न, विचार संगठनको मामलामा एक छौ: ईश्वर पोखरेल
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान सुरु
‘पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक’ : ईश्वर पोखरेल
युवाहरु भेला गर्दै ईश्वर पोखरेल समूह
जाँचबुझ आयोगले बोलाउँदा ओलीले अवज्ञा गर्नु राम्रो होइन: ईश्वर पोखरेल