सरकारी सूचना प्रविधि प्रणाली अध्ययनका लागि कार्यदल गठन

सफल खबर संवाददाता

विहीबार, १० बैशाख २०८३, १३ : ३१
सरकारी सूचना प्रविधि प्रणाली अध्ययनका लागि कार्यदल गठन

काठमाडौँ । सरकारले विभिन्न सरकारी निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा सूचना प्रविधि प्रणालीहरूको समग्र अवस्थाबारे अध्ययन गर्न विशेष कार्यदल गठन गर्ने निर्णय गरेको छ।

आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको नेतृत्वमा उक्त कार्यदल गठन गर्ने निष्कर्ष निकालेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलका अनुसार कार्यदलले विद्यमान प्रविधि संरचना, प्रयोग तथा व्यवस्थापनसम्बन्धी पक्षहरूको समीक्षा गर्ने छ।

प्रतिक्रिया दिनुहोस