काठमाडौं । युक्रेनमा अध्ययनरत एक नेपाली विद्यार्थी एक महिनाअघि सडकमार्ग हुँदै दिल्ली आए । दिल्लीबाटै युक्रेन उड्ने योजनामा रहेका उनी विमानस्थलमै रोकिए ।
कामकाजी भिसामा युक्रेन जान लागेका नेपाली दम्पती पनि दिल्ली विमानस्थल आइपुगेका थिए । हवाई भाडा सस्तो भएकाले दिल्लीबाटै उड्ने तयारी गरेका उनीहरूलाई पनि उड्न दिइएन । ती विद्यार्थी र दम्पतीसँग गन्तव्य मुलुकको भिसा वा अन्य कुनै कागजात नभएकाले दिल्लीको इन्दिरा गान्धी विमानस्थलका अध्यागमन अधिकारीले रोकेका होइनन् ।
रोकिनुको कारण हो, उनीहरू सडक मार्गबाट दिल्ली जानु । सडकबाट काठमाडौं दिल्ली यात्रा गर्दा राहदानीमा नेपालबाट बाहिरिएको र भारत प्रवेश गरेको छाप लागेको थिएन । राहदानीमा छाप नलाग्नुको कारण भने करिब आठ महिनाअघि अध्यागमन विभागले जारी गरेको नयाँ सूचना हो ।
विभागले भारत हुँदै तेस्रो मुलुक जान खोज्ने नेपालीले नाकामा पासपोर्ट देखाई प्रस्थान छाप लगाउनु नपर्ने सूचना प्रमुख नाकाका अध्यागमन कार्यालयका लागि जारी गरेको थियो । विभागले काँकडभिट्टा, पशुपतिनगर, विराटनगर, वीरगन्ज, बेलहिया, सुनौली, जमुनाहा, मोहना र गड्डाचौकीस्थित अध्यागमन कार्यालयलाई निर्देशन दिएको थियो ।
विभागले उक्त सूचना भारतीय पक्षलाई पनि जानकारी गराएको जनाएको थियो तर दुई देशका अध्यागमन अधिकारीबीच समन्वय नहुँदा भारत हुँदै तेस्रो देश जाने नेपाली समस्यामा पर्दै आएका छन् ।कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १६ माघ २०७६, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिमकोट विमानस्थल चलायमान, एकै दिन १६४ उडान–अवतरण
ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प
कतारमा इरानी मिसाइल आक्रमणको प्रभाव त्रिभुवन विमानस्थलमा देखियो
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला
भारतका २४ विमानस्थल नागरिक सेवाका लागि बन्द, मार्शल तैनाथ
भारतको उत्तरी राज्यका २१ विमानस्थल शनिबारसम्म बन्द रहने