धनकुटा । धनकुटाको पाख्रीवास घर भएका प्रहरी जवान सरोज गिरी लागुऔषधसहित बिराटनगरबाट पक्राउ परेका छन् । भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा २३ बर्षीय गिरीलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले पक्राउ गरेको हो ।
गिरीले ज्याकेटको गोजीमा राखेर ल्याउँदै गरेको अवस्थामा १ सय ४४ ट्याब्लेट स्पास्मोप्रोक्सिभन नामक लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डीएसपी लोकदर्शन थापाले जानकारी दिए ।
पैदल हिडेर आउँदै गरेका गिरीको व्यवहार शंकास्पद लागेपछि विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटमा चेकजाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध बरामद भएको हो । पक्राउ परेका गिरीविरुद्ध लागुऔषध ऐन अन्तर्गत मुद्दा दायर गरी जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कारागार सुरक्षा गार्ड झापा दरबन्दी भएका जवान गिरी सुनसरीको दुहवी स्थित दंगा नियन्त्रण प्रहरी गणमा कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ माघ २०७६, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ