काठमाडौं । साढे दुई किलो सुनसहित ६ जना पक्राउ परेका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार रसुवागढी नाकाबाट काठमाडौं आउँदै गरेको गाडीमा रसुवाको टिमुरेबाट करिब एक करोड ६० लाख बराबरको सुन बरामद भएको हो । उनले ना १ झ ३५४२ नम्बरको गाडीबाट सुन बरामद भएको बताए ।
दुई वटा ढिक्का शरीरमा र तीन वटा गाडीको चालकले टेक्ने म्याटमुनि लुकाएको अवस्थामा सुन बरामद भएको इलाका प्रहरी कार्यालय, टिमुरेका प्रहरी निरीक्षक कमल नेपालले जानकारी दिए ।
निरीक्षक नेपालका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी–५ का ३४ वर्षीय नवाङ नुर्पु तामाङ, २४ वर्षीय ग्याल्जेन शर्पा, २३ वर्षीय शुक्पा लामा, ३२ वर्षीय सुवास तामाङ, १९ साँङ शेर्पा र सवारी चालक दोलखाको तामाकोशी–५ का २३ वर्षीय कुलनारायण श्रेष्ठ छन् ।
बरामद सुन र पक्राउ परेका व्यक्तिलाई आन्तरिक राजश्व कार्यालय, ललितपुर पठाउने तयारी भइरहेको निरीक्षक नेपालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ माघ २०७६, १७ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमानको सिटमा भेटियो १ किलो सुन
सुन तस्करीसम्बन्धी छानबिन आयोगकाे सिफारिस : 'पौडेल र बुढालाई पुरस्कृत गर्न'
एक किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ
सुनको आयात ५९ प्रतिशतले घट्यो
त्रिभुवन विमानस्थलबाट झण्डै एक किलो सुनसहित भारतीय नागरिक पक्राउ
सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो, तोलामा कति पुग्यो ?