काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गर्दै आफू सम्बन्धित विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
गुरुङले नागरिकस्तरबाट उठेका आफ्नो सेयर लगायतका विषयमा जनचासोलाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै पदमा रहँदा कुनै स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारेका छन्। “मेरो पनि निष्पक्ष छानबिन होस्,” उनले आफ्नो वक्तव्यमा भनेका छन्।
राजीनामापूर्व उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका थिए। भेटमा समसामयिक विषय र उठेका आरोपबारे छलफल भएको स्रोतले जनाएको छ।
सरकारले अब गुरुङमाथि उठेका विषयमा छानबिन प्रक्रिया अगाडि बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० बैशाख २०८३, १८ : ४२
लेखकबाट थप