काठमाडौँ । राजधानीको नयाँ बसपार्क क्षेत्रबाट प्रहरीले गैरकानुनी क्रियाकलापमा संग्लन ५५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ पुरुष र १५ महिला रहेका छन् ।
महानगरीय प्रहरी वृत्त महाराजगन्ज र महानगरीय प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले चेकजाँचको क्रममा शनिबार उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी बृत्त महाराजगन्जका डीएसपी उमेश लम्सालले जानकारी दिए ।
पक्राउ पर्नेमा केही होटल तथा गेष्ट हाउस संचालक पनि रहेको र सबैलाई महाराजगन्ज बृत्तमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नयाँबसपार्क तथा गंगबु क्षेत्रमा प्रहरीले शुद्धीकरण अभियान सञ्चालन गरेर प्रहरीले गलत क्रियाकलापमा संलग्नलाई कारबाही गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ माघ २०७६, २० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ