नेकपाका दुई अध्यक्षबीच एमसीसी संसदबाट पास गर्ने समझदारी

सफल खबर संवाददाता

शनिबार, ११ माघ २०७६, १२ : १७
नेकपाका दुई अध्यक्षबीच एमसीसी संसदबाट पास गर्ने समझदारी

काठमाडौं । नेकपाका दुई अध्यक्षबीच एमसीसी संसदबाट पास गर्ने समझदारी भएको छ । अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी संसदबाट पास गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्षबीच समझदारी भएको हो ।  ।

नेकपाको स्थायी कमिटीले एमसीसीबारे निर्णय गर्न सचिवालयलाई जिम्मेवारी दिएपछि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एमसीसी अनुमोदन गराउन समझदारी भएको हो ।

एमसीसीलाई सचिवालयमा नलगी सोझै संसदमा टेबुल गर्ने समझदारी भएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

नेकपा भित्रै एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने तीव्र मतभेद भइरहेका बेला अध्यक्षद्वयले जिम्मेवारी लिएर आवश्यक बुँदा परिमार्जनसहित एमसीसीको प्रस्ताव सोझै संसदमा लैजाने भद्र सहमति गरेको रिमालले बताए ।

दुई अध्यक्षबीचको समझदारीपछि आज ९शुक्रबार० नवलपरासीमा आयोजित पार्टी कार्यकर्तालाई प्रशिक्षण कार्यक्रममा प्रचण्डले एमसीसीका केहि बुँदा परिमार्जन गरेर संसदबाट अनुमोदन गर्ने बताएका थिए ।

उनले पार्टीका कार्यकर्ता समक्ष नेकपाले राष्ट्रिय हीत विपरीतका कुनै सम्झौता स्वीकार्य नहुने बताउँदै एमसीसीबारे अमेरिकासँग संवाद गरेर आवश्यक परिमार्जन सहित अघि बढ्ने बताएका छन् ।

यता नेकपाका बरिष्ठ नेता झलनाथ खनालले भने एमसीसीका विषयमा सचिवालयमा कुनै छलफल नभएको बताए । ‘स्थायी कमिटी बैठकले आवश्यक छलफलपछि निर्णय लिने भनेर सचिवालयलाई जिम्मेवारी दिएको छ । तर, यो विषय सचिवालयको कुनै बैठकमा उठेको छैन् ।’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल राजपा, कमल थापा नेतृत्वको राप्रपाले पनि एमसीसी बिलम्ब नगरी चाँडै संसदबाट अनुमोदन गर्नुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस