एमसीसीका सह–उपाध्यक्ष जोन विंगल किन आए नेपाल ?

सफल खबर संवाददाता

बुधबार, २८ साउन २०८२, ०९ : १६
एमसीसीका सह–उपाध्यक्ष जोन विंगल किन आए नेपाल ?

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन सञ्चालनको निरीक्षण गर्ने उप उपाध्यक्ष जोन विंगल काठमाडौं आईपुगेका छन् । दुई दिन अगाडी काठमाडौं आईपुगेका उनी अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपति भएर आएपछि नेपाल भ्रमण गर्ने उच्च अमेरिकी अधिकारी हुन् ।

ट्रम्प प्रशासनले अमेरिकी परियोजनाहरु रोकिरहेका बेला एमसीसीका सह उपाध्यक्ष जोन विंगल नेपाल आएका हुन् । युरोप, एसिया, प्रशान्त र ल्याटिन अमेरिकामा मिलेनियम च्यालेन्ज कर्पोरेशनको सञ्चालनको निरीक्षण गर्ने उनी सह उपाध्यक्ष हुन् ।

काठमाडौंमा रहँदा विंगलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, मिलेनियम च्यालेन्ज नेपाल कम्प्याक्ट–नेपाल (एमसीए–नेपाल) का उच्च पदाधिकारी र अन्य सरकारी उच्च पदस्थ कर्मचारीहरुसँग भेटघाट गर्ने योजना बनेको छ । उनले प्रधानमन्त्री केपी ओलीसँग पनि भेट गर्ने सम्भाबना छ । तर, प्रधानमन्त्रीसँगको भेटका बारेमा भने कुनै टुंग्गो लागिसकेको छैन ।

नेपालमा रहँदा उनले नेपाल सरकार र एमसीसीद्वारा संयुक्त रूपमा अगाडी बढाइएको दुई प्रसारण लाइनहरूको सम्झौता–हस्ताक्षर समारोहको साक्षी समेत बस्नेछन् ।

ट्रम्प प्रशासनले जनवरी २० मा कार्यकारी आदेश मार्फत युएसएआईडी, एमसीसी र अन्य विदेशी सहायता कार्यक्रमहरूको समीक्षा गर्ने र परियोजनाहरु रोक्ने निर्णय गरेपछि एम्सीसीको भविश्य के हुने भन्ने प्रश्न नेपालमा पनि थियो । तर यस परियोजना अगाडी बढाउन अमेरिकाले ग्रिन सिंग्नल दिएपछि परियोजना कार्यान्वयनका लागि दुई प्रशारण लाइनको सम्झौता हस्ताक्षर हुन लागेको छ । त्यसपछि विंगलको नेपाल भ्रमण भएको छ ।

एमसीसी परियोजना समिक्षा गर्न अगस्ट २१ (एक सातापछि) वाशिंगटनमा पहिलो एमसीसी निर्देशक बोर्ड बैठक बस्दैछ । त्यसको पूर्वसन्ध्यामा एमसीसीका सह– उपाध्यक्ष जोन विंगल नेपाल आएका छन् । यो बोर्ड बैठकले एमसीसीको भविष्यको रूपरेखा तय गर्ने सम्भावना छ ।

एमसीसीका अनुसार बैठकको एजेन्डामा नेतृत्व अद्यावधिकहरू, विदेशी सहायता समीक्षा, र आर्थिक वर्ष २०२६ को लागि उम्मेदवार देश छनोट मापदण्ड र कार्यप्रणालीका रिपोर्टहरू समावेश गरेर छलफल गर्दछ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले एमसीसी निर्देशक बोर्डको अध्यक्षता गर्छन् । त्यसको पूर्व सन्ध्यामा विंगलको नेपाल भ्रमण अर्थपूर्ण रहेको एमसीए नेपालका पदाधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस