काठमाडौँ । नेपाली सेनालाई चारित्रिक विशेषता सहितको पारदर्शी र क्रियासिल बनाउन नेपाली सेनाले विगत देखिनै सबैभन्दा वहिला हामी सिपाही कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा नेपाली सेनामा व्यवसायीकता कायम गर्ने विश्वास रहेको नेपाली सेनाको जंगी अड्डाले जनाएको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले यस कार्यक्रमबाट संगठनको प्रभावकारिता अभिवृद्धि गर्न र संगठनभित्रका सम्पूर्ण सकलदर्जामा एउटै बुझाई, एउटै धारणा, अत्यावश्यक गुण, ज्ञान र सीप तथा सैनिक चरित्रको विकास गर्ने लक्ष्य लिईएको बताए ।
विगत तीन् महिनादेखि चलेको उक्त कार्यक्रमको आज समापन गर्दै उनले २१औं शताब्दीको सिपाही आर्थिक रुपमा पारदर्शी, सम्मानित र आदर्शवान हुनुपर्दछ र नेपाली सेनाको सिपाहीको एक विशिष्ट चरित्र हुन्छ भन्ने देखाउने प्रयास गरिएको बताए ।
तीन महिनादेखि सञ्चालित यस कार्यक्रमले भविष्यको सैनिक निर्माण र विकासमा लिइएको उद्देश्य पुरा हुने विश्वास व्यक्त उनको थियो । कार्यक्रममा प्राविधिक सेनानी मिनबहादुर बस्नेतले विभिन्न ज्ञान, सीप र क्षमता भएका नेपाली सेनाका सिपाहीहरु एकजुट भएर एक अर्कालाई सम्मान र एक अर्काको महत्त्व बुझ्नु पर्ने बताए ।
उनले हामी प्राविधिक भन्नु भन्दा पनि हामी नेपाली सेनाको सिपाही हो भन्ने सोचको विकास गर्नुपर्ने र विविध सेवामा कार्यरत सैनिक व्यक्तिहरुको सुधारको लागी सैनिक आधारभूत ज्ञान र नेतृत्व क्षमता विकासमाजोड दिनुपर्ने उल्लेख गरे ।
नेपाली सेनामा कार्यरत सकलदर्जामा सिपाहीसुलभ चरित्रको थप विकास गरी संगठनको मर्यादा, व्यवसायिकता र चरित्र प्रवर्धन गर्ने उद्देश्य अनुरुप नेपाली सेनाका प्राविधक तथा विविध सेवामा कार्यरतहरुलाई सहभागी गराई तयारी, आधारभुत सैनिक सीप विकास, आफ्नो संगठनलाई चिन्न कर्तव्य र जिम्मेवारी तथा प्रतिवद्धताको चरणमा विभाजन गरी उक्त कार्यक्रमको गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ माघ २०७६, २० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनाको स्वर्ण पदक विजेता टोलीलाई जंगी अड्डामा सम्मान
भूकम्प प्रभावित म्यानमारलाई नेपाली सेनाको मल्हम- मेडिकल राहतसहितको टोली प्रस्थान
शक्ति राष्ट्रहरूको बदलिँदो नीतिले पार्ने प्रभावलाई नियालिरहेका छौं: सेना
गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
मध्य अफ्रिकी गणराज्यमा तैनाथ शान्ति सेनाको अदलीबदली
भैरहवामा फेला परेको बम नेपाली सेनाद्वारा निष्क्रिय