चितवन । जिल्ला अदालत चितवनले आत्महत्या दुरुत्साहन मुद्दामा रवि लामिछानेसहित तीनै जनालाई सफाइ दिएको छ ।
आज आइतबार न्यायाधीश हेमन्त रावलको इजलासले संचारकर्मी लामिछाने, अस्मिता भनिने रुकु कार्की र युवराज कँडेललाई सफाइ दिने फैसला सुनाएको हो ।
पत्रकार पुडासैनीले गत साउन २० मा नारायणगढ बसपार्कस्थित होटल कंगारुमा आत्महत्या गरेपछि लामिछानेसहित ३ जना विरुद्ध भदौ ८ गते आत्महत्या दुरुत्साहन मुद्दा दायर भएको थियो । त्यसपछि जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख र सञ्चारकर्मी युवराज कडेँललाई ३ लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ माघ २०७६, १७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड सहिद परिवारसँग रवि लामिछानेले गरे छलफल
परिवर्तन चाहनेहरूसँग मिल्न सभापति छाड्न तयार छु: रवि लामिछाने
काठमाडौँ आइपुगे रवि लामिछाने
रिहा पछि आज चितवनबासीलाइ ‘विशेष सम्बोधन’ गर्दै रवि लामिछाने
रवि लामिछाने भैरहवाबाट रिहा
रवि लामिछाने अदालत उपस्थित