काठमाडौं । ग्राहकहरुलाई अझै सरल, सहज र गुण्स्तरीय सेवा प्रदान गर्नका लागि महालक्ष्मी विकास बैंक र ई–सेवा फोन पे प्रा.लि. बीच आज आइतबार एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतामा उल्लेख भए बमोजिम ग्राहकहरुले ई–सेवा फोनपेका एजेन्टहरु मार्फत सजिलै बैंकको खाता खोल्न सक्नेछन् । उक्त खातामा बैंकले ग्राहकलाई निःशुल्क रुपमा मोबाइल बैंकिङ सेवा, एटिएम सेवा र डलर कार्ड सेवा उपलब्घ गराउने छ ।
उक्त सम्झौता पत्रमा महालक्ष्मी विकास बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र ई–सेवा फोनपे प्रा. लि.को तर्फबाट प्रमुखकार्यकारी अधिकृत सुभास सापकोटाले हस्ताक्षर गर्नुृ भएको छ । बैंकले आगामी दिनमा ई–सेवाको अत्याधुनिक डिजिटल प्रविधिसँग सहकार्य गर्दै ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सदातत्पर रहने कुरा जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ माघ २०७६, १७ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी ९ बैंकले घटाए ब्याजदर, कुनको कति ?
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ २०८३ सालमा बैंक खुल्ने समय र विदाको सूची
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?