काठमाडौं । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग विकास र सहयोग सम्बन्धि नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसि) का बारेमा पत्रकारहरुले आफ्नो भनाईलाई बङग्याएर प्रचार गरेको बताएका छन् ।
राष्ट्रिय सभाको चुनावी प्रचारका क्रममा वाग्लुङमा पुगेका श्रेष्ठले (आज) आईतबार बिहान प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमसिसिका विषयमा अहिले दुवै तर्कमा अतिवाद रहेको भन्दै आफ्नो भनाईलाई नबंग्याईदिन पत्रकारलाई आग्रह गरेका हुन् ।
उनले आफुले कुनै पनि विषयको राष्ट्रिय हितमा निर्णय लिनुपर्छ भनेर बोलेको भएपनि एमसिसिलाई राष्ट्रिय हितमा कार्यान्वयन गर्नुपर्छ भने जसरी प्रचार गरिएकोमा आपत्ति जनाएका हुन् ।
‘मैले बोलेको एउटा कुरा हो, तर प्रचार भईदियो अर्काे,’ श्रेष्ठले भने,–‘एम्सिसिका विषयमा स्थायी समिति बैठकमा पर्याप्त छलफल भएको छ । यस विषयमा निर्णय लिने जिम्मा स्थायी समितिले सचिवालयलाई दिएको छ । सचिवालयमा यही एजेण्डामा प्रवेश गरेर हामीले कुनै निर्णय गरेका छैनौं, छलफल गरेका पनि छैनौं । मैले हिजो कुनै पनि कुराको राष्ट्रिय हितमा निर्णय लिनुपर्छ भनेर बोलेको हो । तर त्यसैलाई राष्ट्रिय हितमा कार्यान्वयन गर्नुपर्छ भनेको होइन ।
पत्रकार साथीहरुले लेख्दा अलिक फरक ढंगले प्रस्तुत गर्नुभए जस्तो लाग्यो । यसमा विचार पु¥याईदिनुहोला ।’ श्रेष्ठले एमसिसि स्वीकार गरे अहिले नै अमेरिकी सेना आउछ भने जसरी प्रचार भईरहेकोमा खण्डन गरे । उनले भने–‘यो विषयलाई बुझने विषयमा दुई थरीबाटै अतिवादी सोच छ । अहिले नै अमेरिकी सेना आउने जसरी अतिवादी कोणवाट कुरा आइरहेको छ, यस्तो होइन, यो नेपालको हितमा छ, छैन हेरिन्छ, नेपालको हितका लागि मात्र निर्णय हुन्छ ।’
उनले सभामुख चयन प्रक्रिया भोलिको संसद बैठकवाट अगाडी बढ्ने पनि बताए । उनले भने,–‘पार्टीमा अब पूर्व एमाले र पूर्व माओवादी भन्ने छैन । अब त्यो पार्टीको इतिहास लेख्दा मात्र हुन्छ । सांगठनिक एकताका क्रममा मात्र अब त्यो हुन्छ , अन्यमा त्यो भागवन्डा भन्ने हुदैन ।’ आफुले यही कार्यकाल रहेको प्रतिनिधीसभामा मात्र उम्मेदवार नबन्ने बताएको तर राष्ट्रिय सभामा जान्न भनेर कही कतै नभनेको पनि श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ माघ २०७६, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वार्थबाट माथि उठेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध बन्न नारायणकाजी श्रेष्ठको आह्वान
निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
‘निर्वाचनको परिणामले राष्ट्रिय दिशा तय गर्नेछ’ : नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ
नारायणकाजी श्रेष्ठको दाबी ‘९ दलसँगको एकता कम्युनिस्ट पार्टी पुनर्गठनको कोशेढुंगा हुन्छ’