काठमाडौँ । चीनको जन्मदर जनवादी गणतन्त्रको स्थापना भए यताकै न्युन स्तरमा पुगेको छ । सरकारले एक बच्चा नीतिमा केही खुकुलोपन ल्याएको भए पनि जन्मदरमा त्यस अनुसारको वृद्धि नदेखिदा यो परिणाम आएको हो ।
चीनको जन्मदर अघिल्लो वर्ष प्रति हजार १०.४८ थियो । चीनको नेसनल ब्युरो अफ स्ट्याटिस्टीकका अनुसार यो तथ्याकं सन् १९४९ यताकै न्युन हो ।
चीनको जन्मदर वर्षौंदेखि निरन्तर ¥हास भइरहेको थियो जुन अर्थतन्त्रको लागि त्यति राम्रो मानिदैन । न्युन जन्म दरको अर्थ थोरै काम गर्ने जनसंख्या हुनु हो जसले धेरै संख्यामा रहेका अवकास जनसंख्यालाई धान्नुपर्छ ।
जन्मदर घटेपछि त्यही स्तरमा मृत्युदर पनि घटेका जनसंख्यामा भने उलेख्य कमी आएको छैन । चीनको जनसंख्या सन् २०१९ मा १ अर्ब ४० करोड थियो । चीनले सन् १९७९ मा, तत्कालिन समयमा तीव्र दरमा वृद्धि भइरहेको जनसख्या नियन्त्रणका लागि ‘एक बच्चा नीति’ देशभरी लागु गरेको थियो ।
उक्त नीतिलाई उलंघन गर्ने परिवारले जरिवान भोग्नेदेखि रोजगारी गुमाउने अझ कैयौ अवस्थामा जबरजस्ती गर्वपतन भोग्नुपथ्र्यो । सो नीतिलाई चीनमा अहिले देखिएको महिला–पुरुषको संख्यामा ठूलो भिन्नताका लागि जिम्मेबार मानिन्छ । तत्कालिन समयमा धेरै परिवारले एक बच्चा जन्माउनुपर्दा छोरा जन्माउन जोड दिदाँ चीनमा अहिले महिलाभन्दा ३ करोड बढी पुरष छन् ।
सन् २०१५ मा सरकारले ‘एक बच्चा नीति’लाई परित्याग गरेर दुई बच्चा नीति ल्यायो । तर उक्त सुधारपछिका दुई वर्ष जन्मदरमा केही सुधार देखिएको भए पनि हाल पहिलेभन्दा तल झरेको छ । विज्ञका अनुसार सरकारले ‘एक बच्चा नीति’ परित्याग गरेको भए पनि परिवारलाई दुई बच्चा हुर्काउन सहयोगी हुने कार्यक्रम नल्याउनाले नयाँ परिवर्तनले असर गर्न सकेको छैन ।
विशेषत बाल–स्याहारमा सघाउने कार्यक्रम र अभिभावक दुवै कामकाजी हुने आधुनिक अर्थतन्त्रमा सुत्केरी विदामा सरकारले कुनै कार्यक्रम ल्याउन नसक्दा धेरै जोडिले एक बच्चामै चित्त बुझाइरहेका छन् ।
के थियो एक बच्चा नीति ?
सन् १९७९मा लागु भएको ‘एक बच्चा नीति’ले देशका कम्तीमा पनि एक तिहाई अभिभावकका लागि समेटेको थियो । त्यो हिस्साले दोस्रो बच्चा पाउनको लागि ठूलो जरिवाना रकम तिनुपथ्र्यो । तर ग्रामिण भेगमा पहिलो बच्चा छोरी भए दोस्रो बच्चा पाउदा जरिवाना नहुने व्यवस्था थियो ।
सन् २०१३ देखि देशका ती अल्पसंख्यक जोडिमध्ये एक जना एकल सन्तान भए तिनले दोस्रो बच्चा पाउने व्यवस्था गरिएको थियो । एक बच्चा नीति लागु हुदाँको समयमा, देशमा सुरक्षाबलले ठूलो संख्याको परिवारमा जबरजस्ती गर्भपतन गराएको आरोप लाग्ने गर्छ ।
त्यस्तै ती दिन धेरै अभिभावकले गर्भ भिडियो एक्स–रे गराएर छोरी भए गर्भपतन गराउने घटना पनि उलेख्य प्रचलनमा थियो । यही कारणले अहिले चीनले ठूलो लैङ्गिक खाडल सामना गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०४ माघ २०७६, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानमा भारतको सैन्य कारबाही दुर्भाग्यपूर्ण : चीन
चीनमा डुङ्गा पल्टिँदा ९ जनाको मृत्यु, एक जना अझै बेपत्ता
चीनले अमेरिका फिर्ता पठायो बोइङका विमान
चीनको अन्तरिक्ष मिसनमा अर्को सफलता: ‘शेइयान-२७’ उपग्रह प्रक्षेपण
अमेरिकाले चीनलाई लाएको भन्सार कर २४५ प्रतिशत पुर्याउने
अमेरिकी ट्यारिफले आकाश खस्दैन: चीन